Breaking News

स्थानीय अन्वेषण नै विकासको आधार

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार १३:३७

order Kamagra Soft online cheap, online Zoloft. विराटनगर, २७ कात्तिक । विज्ञान र विकासको आधार नै स्थानीय अन्वेषण भएकोले यसलाई प्रवद्र्धन गर्न विज्ञले जोड दिएका छन् ।
आइतबार स्नातकोत्तर क्याम्पसको विज्ञान संकायमा आयोजित एक कार्यक्रममा प्राध्यापक डा.शिवकुमार राईले यसबारे कार्यपत्र प्रस्तुत गर्दै स्थानीय अन्वेषणको पहिचान र साझेदारी गर्नुपर्ने बताउनुभयो ।

परम्परागत रुपमा मानिसहरुले दैनिक कार्यलाई सजिलो बनाउनका लागि गरेका आविष्कारहरु नै स्थानीय अन्वेषण हुन् । ढिकी,जातो,नाम्लो,आलुअन्न आदि भण्डारण गर्ने अभ्यासहरु स्थानीय अन्वेषण भएको कुरा प्राडा राईले बताउनुभयो । हलगोरुको सट्टामा एउटा गोरुले हलो तनाउने,घुमलाई हल्का किसिमको बनाउने,कीराहरुलाई पासोलिसो थाप्ने आदि जुक्तिहरु मानिसले उहिल्यैदेखि अपनाउदै आएका हुन् ।

कृषिलगायत अन्य क्षेत्रमा पनि प्रसस्तै अपनाइएका यस्ता अभ्यासहरुलाई आधुनिकीकरण गर्ने र साझेदारी गर्ने काममा वैज्ञानिकहरुले चासो दिनुपर्ने उहँले बताउनुभयो । कार्यपत्र प्रस्तुत गर्दै प्राडा राईले भन्नुभयो नेपालमा धेरै जनजाती तथा आदिबासी भएका कारण अवश्य पनि उनीहरुसग वैज्ञानिक सीप छ सो कुरा पत्ता लगाएर अरुहरुसम्म साझेदारी गर्ने हो भने जीवनलाई सुखी बनाउन सकिन्छ ।
स्थानीय अन्वेषणहरुको खोजी एवम् संरक्षणमा लागेको संस्था प्रोलिनोभाले उल्लेख गरेअनुसार नेपालमा कम्तीमा दुई सय वटा यस्ता स्थानीय अन्वेषणहरु छन् जुन जीवनउपयोगी पनि छन् ।

सोही कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका प्राणी विज्ञानका उपप्राध्यापक सुरेन सुब्बाले तमोर नदीमा पाइने कत्ले माछा माछाको अण्डकोष तथा उसको प्रजनन् क्षमताका बारेमा आफूले गरेको अनुसन्धानको परिणाम प्रस्तुत गर्नुभयो । उहा यही विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गर्दै हुनुहुन्छ ।

प्रस्तुत गरिएका प्रस्तुतिकरणमा डा उमेश कोइराला,डा भविन्द्र निरौला,कुलप्रसाद लिम्बुलगायतले टिप्पणी र सुझाव दिनुभएको थियो ।lady era

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३