Breaking News

मदनले भन्नुभयो–देउरालीमै नथाक

प्रकाशित मिति : २६ कार्तिक २०७४, आईतवार १७:००

 विराटनगर, २६ कात्तिक ।  कति बाटो विराउँछन्, कति देउरालीमा थाक्छन् त कति शिखरमा पुगेर यात्रा सफल बनाउँछन्–मदन भण्डारी र अशोक राईले विगतमा आफूलाई दर्शाएको सम्झना छन्, जीवन घिमिरेसँग ।

एमाले केन्द्रीय सदस्य घिमिरे अग्रज नेताकै दर्शन र विचारसँग एकाकार हुँदै आसन्न निर्वाचनमा मोरङको ४ (ख) प्रदेशसभा उमेदवार बन्नुभएको छ ।

शम्भुराम श्रेष्ठ नेतृत्वको को–अर्डिनेशन केन्द्र (२०३५), पछि माले हुँदै झापाबाट राजनीतिक यात्रामा रहनु भएका घिमिरेलाई आफ्ना राजनीतिक गुरु चित्र निरौलाको सन्दर्भ जोडेर मदन र अशोकले सम्झाउनु भएको थियो ।

राजकाज मुद्दा लागेपछि सुनसरी धरान आउनु भएका घिमिरेले आफ्नै राजनीतिक गुरु निरौलालाई पूर्व क्षितिज पुस्तक पसल व्यवसायिको रुपमा २०३९ मा त्यंहि भेट्नु भयो । त्यसपछि राजनीतिप्रति केहि बितृष्णा जागेपछि उहाँलाई भण्डारी र राईले अभिप्रेरित गर्नु भएको हो ।

झापादेखिनै पार्टी सांगठानिक प्रणालीमा जोडिनु भएका घिमिरे शिवगञ्जको जनआदर्श मा.वि.मा स्वतन्त्र विद्यार्थी यूनियनको सभापति, जिल्ला संयोजक, सचिव भएर सुनसरी सरुवा भएको बताउनुहुन्छ ।

ज्यानमार्ने आरोपमा झुटा मुद्दा खेप्नु परेपछि एसएलसी दिँदा समेत घिमिरे प्रहरीको खोजी सूचिमा हुनुहुन्थ्यो । त्यहि कारण घिमिरेका लागि झापा आन्दोलनका लागि सुरक्षित भएन । सुनसरीमा निरन्तर मदन र अशोकको सम्पर्कमा रहँदै घिमिरेले धरान पार्टी नगर सचिवदेखि विद्यार्थीको पूर्वाञ्चल प्रमुख तथा संगठन विभाग प्रमुखसम्म बन्नुभयो ।

शिक्षक विद्यार्थी संयुक्त आन्दोलनको २०४२ सालमा अगुवाई गर्नु भएका घिमिरेमाथि छाता चौकमा गोलि समेत हानिएको थियो । ‘सम्झन्छु मलाई हानेको गोलि

order Caverta online cheap, zithromax without prescription.

ले गाण्डिव श्रेष्ठ शहिद हुनुभयो’ मलिन हुँदै घिमिरे भन्नुहुन्छ–मदन भण्डारीकै माग अनुसार विद्यार्थी आन्दोलनको नेतृत्व गरें ।

भूमिगत समयमा झापा र सुनसरीको अनुभव लिनु भएका घिमिरे २०४३ मा मोरङको पार्टी सम्हाल्ने पठाईनु भएको थियो । ‘महाधिवेशन आउँदै थियो, मोरङका तत्कालिन पार्टी सचिव पदम चुँडाल पञ्चायतको एजेण्ट भएको खुलासा भएपछि इमान्दार मानिएका घिमिरेलाई मोरङमा पठाइएको थियो । मदन सचिव र घिमिरे उप–सचिव भएर विराटनगरको पार्टी आन्दोलन बढाउनु भएको थियो । त्यो समितिमा लव प्रधान, सुवोध प्याकुरेल र घृत न्यौपाने हुनुहुन्थ्यो ।

त्यसपछि मदनसँग घिमिरेले सँगै काम गर्नु भएन । भण्डारी महासचिव हुँदै काठमाण्डौं सरुवा भएसँगै घिमिरेले सुरेन्द्र पाण्डेसँग काम गर्नु भएको थियो । २०४६ को जनआन्दोलमा संयुक्त वाममोर्चाको बाहिरी मोर्चामा घिमिरे र नेपाली काँग्रेसकातर्फबाट रमाप्रसाद रिजालले नेतृत्व सम्हाल्नु भएको थियो । आन्तरिक व्यवस्थापन र परिचालन भने पाण्डेले गर्नुभएको घिमिरेले बताउनुभयो ।


मोरङमा लामो समयसम्म नेतृत्वदायी कम्यूनिष्ट आन्दोलनमा भूमिका निर्वाह गर्नु भएका घिमिरे २०४६ सालपछि २१ वर्षसम्म जिल्ला सदस्यको रुपमा निरन्तर खटिनु भएको छ । बहुदलपछि घर फर्कनु पर्ने पार्टी नीति र व्यक्ति आफैं उत्पादनसँग जोडिनु पर्ने महासचिव भण्डारीको भनाईसँगै घिमिरेले आफ्नो कर्मथलो मोरङलाई नै बनाउनु भएको हो । पार्टीको काम गर्न इमान्दार व्यक्तिको रुपमा चिनिनु भएका नेता लालबाबु पण्डित र घिमिरेले त्यसपछिको समय मोरङलाई कम्यूनिष्ट भूमिको रुपमा स्थापित गर्नमा निरन्तर लागिरहनु भएका इमान्दार र सरल जीवनशैलीका नेता मानिनुहुन्छ ।

‘सहायक र साइड काम खोज, उत्पादनमा लाग’ भन्ने बहुदलपछिको पार्टीको भनाईसँगै घिमिरे पुस्तक व्यवसायीको रुपमा समेत विराटनगरमै परिचित हुनु भएको थियो । सादा र सरल जीवनशैली अपनाउनु हुने घिमिरेलाई अन्र्तमुखी स्वभावको आरोप लाग्ने गरेको छ । तर, राजनीतिक इमान्दारितामा घिमिरे सधैं अडिग रहने नेतामा पर्नुहुन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३