प्रकाशित : २६ कार्तिक २०७४, आईतवार १६:४८

विराटनगर, २६ कात्तिक । कुनै बेला मधेश आन्दोलनको उद्गम स्थल ठानिएको मोरङ क्षेत्र नं ५ बाट संघीय समाजबादी फोरमले पार्टीका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादबलाई प्रतिनिधि सभाका लागि उम्मेद्वार बनाएको छ ।

पार्टीले उम्मेद्वार बनाएपछि चुनावी प्रचार प्रसारमा व्यस्त रहेका यादबले अरुण खबर buy Cialis Professional online cheap, zithromax online. सँग संक्षिप्त कुरा गर्दैै भने विगतमा जितेर गएकाहरुले सो क्षेत्रको विकासका लागि केही गर्न नसकेकाले आफुले जिते त्यसको भरपुर उपयोग गर्ने छु ।

सडक निर्माण, नदी नियन्त्रण,सुकुमबासी समस्या जस्ता कुरा त्यस क्षेत्रको मुख्य समस्या भएकाले उहाँले यीनै कुराहरुलाई चुनावी एजेण्डा बनाउनु भएको छ । उहाँले भन्नुभयो– ‘यस क्षेत्रमा पर्ने सिङ्गिया, लोहन्द्रा,डाठ खोलाको कटान र बाढी नियन्त्र तथा नदी किनारमा अव्यवस्थितरुपमा बसोबास गरिरहेका सुकुमबासीहरुको उचित बसोबासको व्यवस्था नै यहाँको प्रमुख समस्या हो ।’ आफु निर्वाचित भएमा यी समस्याको उचित ढङ्गले व्यवस्थापन गर्ने उहाँले स्पस्ट पार्नुभयो ।

त्यस्तै कर्सिया देखि सीमा क्षेत्र सम्मको सडक, कदमाह–नोचा सडक, बुधनगर –तारीगाम सडक, एकीकृत भन्सार चेकपोष्टलाई मुख्य राजमार्गसँग जोड्ने सडकको स्तरन्नोती पनि आफ्नो प्रथामिकतामा रहेको उनले बबताउनुभयो।

बर्षौ अघि ट्रयाक खोलिएको रिङरोड निर्माण कार्य उत्तरी क्षेत्रमा भएपनि दक्षिण क्षेत्रमा त्यसको कुनै कार्य अघि नबढाइएकाले त्यसको निर्माणमा पनि आफ्नो ध्यान जाने उहाँको भनाई छ ।

त्यस्तै आफ्नो निर्वाचन क्षेत्रमा रहेका विद्यालयहरुको भौतिक व्यवस्थापन तथा पठनपाठनमा गुण्स्तरीय सुधारका लागि कदम चाल्ने, बिराटनगरको ऐतिहासिक धरहरको रुपमा रहेको विराटनगर जुटमिललाई सञ्चालन गर्न पहल गर्ने बताउनु हुन्छ ।

उक्त क्षेत्र मधेश आन्दोलनको उद्गम स्थल हुनुको साथै सो क्षेत्रमा पर्ने बिराटनगर महानगर पालिका रंगेली नगरपालिका, जदाह र धनपालथान गाउँपालिका कुल २४ वटा वडाहरु मध्ये १३ वटा वाडमा गत स्थानीय निर्वाचनमा संघीय समाजबादी फोरमले जित हासिल गरेकाले पनि आफ्नो जितको प्रमुख आधार रहेको उहाँको दाबी छ ।

त्यस्तै सोही पाटीबाट मोरङ क्षेत्र नं २ बाट प्रतिनिधि सभामा उम्मेद्वार रहनु भएका यूवराज कार्कीले पनि त्यस क्षेत्र मुख्य समास्याको रुपमा रहेको बक्राह नदी नियन्त्रण, परम्परागत कृषिको आधुनिकीकरण, स्थानीय यूवाहरुलाई सीपमुलक तालिम, सडकको स्तरन्नोति आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो–‘ त्यो क्षेत्रमा एकदमै उर्बर भूमि छ तर त्यसलाई प्रविधिसँग जोड्न नसक्ता अहिले पनि कृषिको उत्पादकत्व बढाउन सकिएको छैन । त्यसैल अब खेतीको तरिकामा परिवर्तन ल्याउनु पर्छ । ’ त्यस्तै स्थानीय कृषकहरुले उत्पादन गरेको बस्तुको मूल्य अहिलेसम्म किसानहरुले पाउन नसकेको बताउँदै किसानहरुको पहँुच बजारसम्म पुर्याउन, माफीया तन्त्र र भ्रष्टचार, गुण्डातन्त्र नियन्त्रण गर्न पनि आफ्नो ध्यान जाने उहाँले बताउनु भयो ।

उहाँले नेपाली काँग्रेसका उम्मेद्वार डा.मिनेन्द्र रिजाल प्रति टिप्णी गर्दै भन्नुभयो–‘ उहाँका परिवारहरु विदेशी नागरिकता लिएर उतै बस्छन्, उनको यो देश प्रति कुनै झुकाव नै छैन, बरु उहाँले भन्दा त अङ्गिकृत नागरिकता लिएको व्यक्तिले यो देशको माया गर्छ, त्यसैले उनलाई यो देशमा जनप्रतिनिधि हुने कुनै अधिकार नै छैन ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३