प्रकाशित : २४ कार्तिक २०७४, शुक्रबार १९:११

buy Cialis online, order zithromax. विराटनगर, २४ कात्तिक । मोरङको स्थानीय समस्या समाधान र विराटनगरलाई प्रादेशिक राजधानी बनाउने प्रतिबद्धता उम्मेदवारले मतदाता समक्ष गर्दै चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

औद्योगिक नगरीको रूपमा स्थापित विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनका लागि आवश्यक पूर्वाधार रहेको कारण देखाउँदै नेपाली काँग्रेस, वाम गठबन्धन, संघीय समाजवादी फोरम नेपाल, राजपालगायत दलका साथै स्वतन्त्र उम्मेदवारले मतदातालाई आकर्षित गर्न यस विषयलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

मोरङको विकास निर्माणका साथै नदी नियन्त्रण, हराभरा, सडक निर्माणलगायत विषयमा उम्मेदवार एक अर्कालाई उछिन्न वचनबद्धता प्रकट गरिरहेका छन् । उनीहरूले नदी नियन्त्रणको विषयलाई प्राथमिकतामा राखेका छन् । विराटनगरस्थित सिंगिया र केशलिया खोलाको बाढी नियन्त्रणका साथै जग्गा कटान गर्दै आएको बक्राहा नदीको विषय पनि उम्मेदवारको प्राथमिकतामा परेको छ । ती नदी खोलामा तटबन्ध निर्माण गर्ने विषय उनीहरूले समेटेका छन् ।

उम्मेदवारले संविधान संशोधन गरेर मधेशी, आदिवासी, जनजाति र मुस्लिमको अधिकारलाई थप सुनिश्चित गर्ने विषयलाई चुनावी प्रचारप्रसारका क्रममा जोडतोडका साथ उठाउने गरेका छन् । मोरङमा क्षेत्र नं २, ४, ५ र ६ मा मधेशी समुदायको मत निर्णायक रहेको छ । मधेशी, थारु र मुस्लिम मतदाताबीच सबै दलका उम्मेदवारले निर्वाचनमा जिते संविधान संशोधन गर्नेबारे प्रतिबद्धता प्रकट गरिरहेका छन् । मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेकामा क्षेत्र नं ४, ५ र ६ विराटनगर महानगरपालिकासँग जोडिएको छ ।

विराटनगरलाई स्मार्टसिटी, प्रादेशिक राजधानी, क्षेत्रीय विमानस्थलको रूपमा विस्तार, चक्रपथ निर्माण, पार्क निर्माण, वैकल्पिक सडक निर्माण, भ्यूूटावरको निर्माण, ऐतिहासिक जुटमिलको सञ्चालन, विराटनगरलाई औद्योगिक नगरीका रूपमा विकसित गर्ने, बेरोजगारी समस्या समाधान, खानेपानीलगायत विषयमा उम्मेदवार वचनबद्धता प्रकट गर्दै घरदैलो अभियानमा जुटेका छन् ।ampicillin

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३