Breaking News

पाँच वर्षमा काम गर्न नसके छोड्छु – खतिवडा

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार १९:०१

विराटनगर, २४ कात्तिक । Kamagra Jelly buy online, acquire Zoloft. मोरङ क्षेत्र नं. १ का बाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेद्वार घनश्याम खतिवडाले निर्वाचित भएको ५ वर्षभित्रमा काम गर्न नसके आफूले पुनः जनप्रतिनिधिको रुपमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ ।

विराटनगरमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकारसँग उम्मेदवार कार्यक्रममा बोल्दै खतिवडाले भन्नुभयोे, ‘म काम गर्नका लागि चुनावमा उठ्ने हो, काम गर्न सकिँन भने छोडिदिन्छु, तर पटक–पटक काम गर्न नसक्नेहरु उम्मेद्वार बन्नुहुँदैन ।’ उहाँले पछिल्लो पटक जनप्रतिनिधि भएकाले कुनै काम गर्न नसकेको आरोप लगाउँदै आफ्नो पालामा जनताले पुनः अनुमोदन गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे । ‘तमोर नदीको पानी सुरुङ मार्फत डाइभर्सन गरी चिसाङ खोलमा ल्याउने मेरो महत्वकांक्षी योजना छ’ खतिवडाले भन्नुभयोे, ‘मैले जितें भने यो काम गर्छु ।’

३ वर्षभित्रमा यो काम गर्न सकिने र मोरङ, सुनसरी, झापाको खेतियोग्य जमिनमा सिंचाई सुविधा प्रयाप्त हुने उहाँले बताउनुभयो । उहाँले क्षेत्रका सडक निर्माणदेखि पर्यटन क्षेत्रको विकासका लागि आफू क्रियाशिल हुने बताउनुभयो ।

कार्यक्रमा क्षेत्र नंवर १ (क) का उम्मेद्वार तथा माओवादी केन्द्रका नेता कुशल लिम्बूले जनताले बामपन्थीहरुको जित चाहेको उल्लेख गर्दै एमाले र माओवादीको गठबन्धनले चुनाव जित्ने दाबी गरे । आफ्नो निर्वाचन क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन तथा प्राकृतिक स्रोत साधनको उचित उपयोग र संरक्षणका लागि क्रियाशिल हुने लिम्बूले बताउनुभयो । क्षेत्र नम्बर १ मोरङको कर्णालीको रुपमा रहेको भएपनि स्रोत साधनका हिसावले जिल्लाकै अग्रभागमा आउने उहाँले बताउनुभयो ।

क्षेत्र नंवर १ (ख) का उम्मेद्वार उपेन्द्र घिमिरेले पार्टीको घोषणापत्र अनुरुप काम गर्ने बताउँदै त्यस क्षेत्रका जनताको मत जित्नेगरी विकास निर्माणमा लागिपर्ने बताउनुभयो । तीनै उम्मेदवारले स्थानीय तह तथा माथिल्लो सरकारी निकायसँग समन्वय गरेर त्यसक्षेत्रको विकासमा महत्वपूर्ण फड्को मार्ने उहाँको भनाइ थियो ।cialis jelly

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३