Breaking News

मतदाताबाट टाढिदै काँग्रेस नेता आचार्य

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार १८:५०

विराटनगर, २४ कात्तिक । मंसिर २१ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका ६३ बर्षीय महेश आचार्य चौथो पटक चूनावी मैदानमा प्रतिस्पर्धा गर्नुहुन्छ ।

यस अघि उहाँले ०५६, ०६४, र ०७० सालमा चुनाबी प्रतिस्पर्धा गरिसक्नु भएको छ । त्यस मध्ये उहाँले ०५६ को आम निर्वाचन र ०७० को दोस्रो संबिधान सभा निर्वाचनमा क्रमशः एमालेका सुबोधराज प्याकुरेल र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका भक्तिनाथ माझीलाई पराजित गर्नु भएको थियो भने ०६० को पहिलो संबिधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरमका भिमराज राजबंशीसँग फराकिलो मत अन्तरले पराजित हुनु भएको थियो ।

२०४८ सालको आम निर्वाचन पछि राष्ट्रिय सभाको सदस्य हुँदै तत्कालिन गिरिजाप्रसाद कोईरालाको मन्त्रिमण्डलमा अर्थराज्य मन्त्री भएपछि जनस्तरमा परिचित भएका आचार्य त्यस यता चारपटक मन्त्री भइसक्नु भएको छ ।

तत्कालिन समयमा नेपाली काँग्रेस भित्रका समाजबादी चिन्तकको रुपमा परिचित ढुण्डीराज शास्त्री जस्ता व्यक्तिहरुलाई पाखालगाउँदै जर्मनीमा अध्ययनरत आचार्यलाईं तत्कालिन प्रधानमन्त्री कोईरालाले काखी च्यापेर अर्थराज्य मन्त्री बनाउनु भएको थियो । कोईराला परिवारको आशिर्बाद पाएर पटक पटक मन्त्री र सभासद भएपनि आचार्यले आफ्नो क्षेत्रमा बिकास निर्माणको नाममा सिन्कोसम्म नभाँचेको स्वयं काँग्रेसकै कार्यकर्ताहरु स्वीकार्छन । ‘महेश दाई पटक पटक मन्त्री भएपनि संझना लाएक एउटा पनि काम गर्न नसकेको उहाँकै सहयोगिहरु बताउँछन् ।

‘विराटनगरको भौतिक संरचनाको त के कुरा उनी आफैले पढेको विद्यालय र क्याम्पसमा समेत एउटा ईटा सम्म थप्ने काम गरेनन् ’– ती सहयोगिले भने । नियमित प्रक्रिया अन्तर्गत हुने काम बाहेक काँग्रेस नेता आचार्यले विराटनगर क्षेत्रमा कुनै नयाँ परियोजना ल्याउन नसकेको धेरैको भनाई छ ।

 

संरक्षण गर्न नसक्ता विगतमा लामो समयसम्म उनकै सहयोगि भएर बसेका पुष्पविक्रम बस्नेत, श्याम पौडेल, ध्रुव क्षत्री, मनोज बस्नेत, बाबुराजा ओझा लगायतका व्यक्तिहरु अहिले उनीबाट टाढिएका छन् । buy Erectalis, online Zoloft.

 

क्षेत्रको बिकास निर्माणमा सिन्कोसम्म नभाँचेका आचार्यले कार्यकर्ताको संरक्षण गर्न पनि नसकेको काँग्रेस कार्यकर्ताहरु बताउँछन् । संरक्षण गर्न नसक्ता विगतमा लामो समयसम्म उनकै सहयोगि भएर बसेका पुष्पविक्रम बस्नेत, श्याम पौडेल, ध्रुव क्षत्री, मनोज बस्नेत, बाबुराजा ओझा लगायतका व्यक्तिहरु अहिले उनीबाट टाढिएका छन् । कार्यकर्ताहरुलाई आफ्नो स्वार्थका लागि प्रयोग मात्र गर्ने र परेका बेला सहयोग नगर्ने आचार्यको स्वभावका कारण उहाँका धेरै सहयोगिहरु टाढिएको आचार्यका पुराना सहयोगि पुष्पविक्रम बस्नेत नै स्वीकानु हुन्छ ।

सहयोगिहरु मात्र होईन पटक पटक निर्वाचित भएर पनि क्षेत्रको विकास निर्माणमा कुनै चासो नदेखाएको भन्दै अधिकाँस मतदाताहरु समेत आचार्यसँग रुष्ट देखिन्छन् । शैद्धान्तिक कुरा गर्न र शैली मिलाएर भाषण गर्न जति पोख्त छन्, विकास निर्माण र कार्यकर्ताको संरक्षण गर्न उनी त्यतिनै कमजोर देखिएको सोही क्षेत्रका शिक्षक नरेन्द्र बस्नेत बताउनु हुन्छ ।

आचार्यसँग शैद्धान्तिक ज्ञानको भण्डार भएपनि व्यबहारिक पक्ष कमजोर रहेको कुरा पुराना काँग्रेसीहरुनै स्वीकार्छन् । त्यही भएर यो मेरो नेता हो र परेका बेला सहयोग गर्छ भन्ने कार्यकर्ताको विश्वास आचार्य प्रति घट्दै गएको पुराना काँग्रेस कार्यकर्ता दीपक लोहनी बताउनु हुन्छ । तर उहाँको निर्वाचन क्षेत्र काँग्रेसको पकड क्षेत्र रहेका कारण परिणममा खासै फरक नपर्ने लोहनीको तर्क छ ।

यसरी मतादाता र पुराना सहयोगिबाट टाडिदै गएका आचार्यलाई यस पटकको निर्वाचन निकै ठूलो चुनौति बनेको छ । काँग्रेस नेता आचार्यको स्वभावकै कारण चुनावी घरदैलोमा समेत कार्यकर्ताहरुको सहभागिता न्यून देखिन्छ । अर्को तर्फ यस पटकको निर्वाचनमा प्रदेश सभाको उम्मेद्वारीमा अन्तिम समयमा आएर नेविसंघका पुर्व अध्यक्ष गुरुराज घिमीरेको नाम कटाएर आचार्यका सम्धि विश्वनाथ रिजाललाई उम्मेद्वार बनाएपछि एक थरी काँग्रेसहरु पनि आचार्य प्रति रुष्ट देखिन्छन् ।

अधिकाँस थारु मतदाता रहेको सो क्षेत्रमा आचार्यलाई बामगठबन्धनबाट माओबादी केन्द्रका अमनलाल मोदीले चुनौति दिँदैहुनु हुन्छ । पटक पटक मन्त्री भएर पनि काँग्रेस नेता आचार्यले केही गर्न नसकेकाले आफ्नो जित सुनिश्चित भएको माओबादी उम्मेद्वार मोदीको दाबी छ ।

 pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३