Breaking News

मोरङमा ११ महिला चुनावी प्रतिस्पर्धामा

प्रकाशित मिति : २३ कार्तिक २०७४, बिहीबार ०५:२९

विराटनगर, २३ कात्तिक । मोरङमा दश प्रतिशत भन्दा पनि कम महिला चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधि र प्रदेश सभा गरी उठेका १६९ उम्मेदवारमध्ये ११ जना मात्रै महिला छन् ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मात्र तीन महिला चुनावी प्रतिस्पर्धामा देखिएका छन् । प्रतिनिधि सभाका लागि ६१ जना उम्मेदवार चुनावी मैदानमा छन् । छवटा संसदीय क्षेत्रमध्ये प्रतिनिधि सभाका लागि क्षेत्र नं २, ५ र ६ बाट मात्र महिला उठेको विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ । तीमध्ये मोरङको क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारको रुपमा कल्पना विमली उठ्नुभएको छ ।

त्यस क्षेत्रका १२ उम्मेदवारमध्ये उहाँ एक्लो महिला हुनुहुन्छ । त्यस्तै, क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवारको रुपमा अनिताकुमारी ढकाल देखिनुभएको छ । त्यस क्षेत्रबाट सातजना चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नं ६ बाट नयाँशक्ति पार्टीका विमला अर्याल चुनावी मैदानमा हुनुहुन्छ । त्यस क्षेत्रबाट १० जना चुनावी मैदानमा देखिएका छन् । प्रतिनिधि सभाका लागि नयाँ शक्ति पार्टीले मात्र यहाँ महिला उम्मेदवारलाई उठाएको छ । order Cialis Soft online, buy zithromax online.

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३