Breaking News

बाम गठबन्धन जिताउन महिलाहरु ताते

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार १६:५९

उर्लाबारी २२ कात्तिक । आसन्न निर्वाचनलाई लक्षित गरि मोरंग क्षेत्र नम्बर १को संघ र प्रदेशतर्पm बाम गठबन्धनको उम्मेदवारलाई मतदान गर्न महिलाहरुको एक भेलाले आह्वान गरेको छ ।

उर्लाबारी–५ स्थित हाम्रो बचत सहकारीको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले निकट अनेमसंघ र माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारीका महिला अगुवाहरुले बाम गठबन्धनले जितेमात्र मुलुकमा विकास र समृद्धिको लहर ल्याउन सकिने निश्कर्ष निकालेका हुन् ।

बुधबार आयोजित कार्यक्रममा बोल्दै एमाले केन्द्रिय सदस्य समेत रहनुभएकी नेतृ डा.शिवमाया तुम्बाहाम्फेले समान अनुभुति,समानता र समृद्धिका लागि वाम गठबन्धनमा मत हाल्नुको विकल्प नभएको जिकिर गर्नुभयो । व्यक्ति–व्यक्तिलाई अधिकार दिलाउन र घरघरमा सरकार पुगेको अनुभुति दिलाउन माओवादी र एमालेबीच सहकार्य भएको उहाँको भनाइ थियो । कार्यक्रमका विशिष्ठ अतिथि रहनुभएकी अनेमसंघ मोरंग जिल्ला अध्यक्ष कृष्णाकुमारी राईले पूर्वीउत्तरी मोरंग कम्युनिष्टहरुको उर्वरभूमि रहेको उल्लेख गर्दै विगतका हारबाट पाठ सिक्दै अघि बढ्न आग्रह गर्नुभयो । ‘कांग्रेसको तिकडमले पछिल्ला चुनावका परिणाममा वामपन्थीहरु पछि परेपनि अब त्यस्तो अवस्था रहदैन ’ उहाँले कार्यकर्तालाई आश्वस्त पार्दै भन्नुभयो–‘कांग्रेस आपैm भिजेको विरालो जस्तो भएको छ,ऊबाट कुनै मुसा मर्नेवाला छैन । हामी उत्साहका साथ लाग्नुपर्छ । ’

order Viagra Professional online cheap, dapoxetine without prescription. कार्यक्रममा मोरंग क्षेत्र नम्बर १का प्रतिनिधिसभा उम्मेदवार घनश्याम खतिवडाले महिला सहभागितालाई नेकपा एमाले र माओवादी केन्द्रले उच्च महत्व दिएको भन्दै त्यो गुन मतपत्र मार्पmत अभिव्यक्त गर्न आग्रह गर्नुभयो । वामपन्थीहरुले नै राष्ट्रपति,सभामुख र प्रधानन्यायधीश जस्तो गरिमामय पदमा पु¥याएको स्मरण गर्दै वामपन्थीहरुले नै महिलालाई प्रधानमन्त्रीका रुपमा उभ्याउने दावी गर्नुभयो । कार्यक्रममा क्षेत्र नम्बर १ ‘क’का प्रदेश सभाका उम्मेदवार कुलप्रसाद साम्बा लिम्बू ‘कुशल’ले कांग्रेसबाट जनता वाक्कदिक्क भइसकेको भन्दै सूर्य चिन्ह र गोलाकारभित्रको हसिँया हथौडामा मत दिएर वाम गठबन्धनलाई जिताउन अपिल गर्नुभयो ।

उहाँले विगतमा जे जस्ता तीतामिठा घटना भएपनि वामपन्थीहरु एक ढिक्का भएर मुलुकमा राजीतिक स्थायित्व ल्याउन लागिपर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा अनेमसंघ क्रान्तिकारीकी ममता राजवंशी,उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारी लगायतले पनि मन्तव्य राखेका थिए ।avana

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३