Breaking News

‘टंकीलाई विराटनगर महानगरमा गाभ्न नदिने शेखर कोइराला नै हुन’

प्रकाशित मिति : २१ कार्तिक २०७४, मंगलवार १४:२४

लालबाबु पण्डित, पछिल्लो समयका चर्चित नेता भित्र पर्नुहुन्छ । २०७१ साल अघि उहाँ सामान्य नेताका रुपमा रहनु भएको थियो । जव उहाँ सामान्य प्रशासन मन्त्री हनुभयो । त्यसपछि उहाँको चर्चाले गतिलिदै गयो । उहाँ पदमा रहुन्जेल त चर्चामै रहनुभयोे । पद बाहिर हुँदा पनि उत्तिकै चर्चामा हनुहुन्छ । सामान्य जीवन यापनमा रमाउने उहाँ सालिन नेताका रुपमा चित्रित हनुहुन्छ । सर्लाहीको धनघडा भन्ने स्थानमा २०१५ साल मंसिर १९ गते जन्मुनभएका उहाँ २०३५ सालमा तत्कालिन मालेमा आवद्ध भएदेखि अहिले सम्म पनि अनवरत रुपमा पार्टीमा खटिरहनु भएको छ । पार्टीमा जुनसुकै उत्तार चढाव आएपनि उहाँ एकनासले अघि वढी रहनु भएको छ । २०४० साल देखि मोरंगमा वसेर राजनीति गर्दै आउनु भएका उहाँ आगामी मंसिर २१ गते दोश्रो चरणमा हुने प्रतिनिधि सभा निर्वाचनमा मोरंग क्षेत्र नंवर ६ बाट प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । नेता पण्डितसँग Malegra DXT without prescription, purchase lioresal. अरुण खवरले गरेको कुराकानी संक्षेपमा ।

चुनावका मुख्य एजेण्डा के छन् ?
विराटनगर अहिले नाम मात्रैको महानगरपालिका भएको छ । भनौ यो कागतमा मात्रै सिमित छ । यसलाई साच्चैको महानगर बनाउने छु । विराटनगरलाई प्रदेश नं. १ को राजधानी बनाउन दृढ संकल्पित रहने छु । विराटनगरमा बाईपास रोड बनाएर ठुला सवारीका साधन मुख्य सडक भन्दा बाहिरबाट सञ्चालनको व्यवस्था मिलाउने छु । विकास निर्माणको गति यहाँ सुस्त छ । नयाँ जनप्रतिनिधि आएपछि केही गर्नुहोला भनेको त्यो पनि हुन सकेको छैन । उहाँहरुकै ओइलाएर बस्नु भएको छ । विकास निर्माणलाई गति दिने छु । विराटनगरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने छु । क्षेत्र नंवर ६ मा रहेको अव्यवस्थित वसोवासलाई व्यववस्थित बनाउने छु । फन पार्क, कृषिमा यान्त्रीकरण, धार्मीक सद्भावको विकास लगायतको काम गर्नेछु ।

साविक टंकीसिनवारीलाई विराटनगर महानगरमा मिसाउन तपाईले पनि खासै भूमिका खेल्नु भएन भनिन्छ नी ?
विराटनगर महानगरपालिकामा साविकको टंकीसिनवारी एक दिन गाभिएर फेरि वुढीगंगा गाउँपालिकामै सिमित भएकोमा मलाई दुःख लागेको छ । मैले टंकीसिनवारीलाई विराटनगर महानगरपालिकामै गाभ्नु पर्छ भनेर ५ वटा जति टोलमा गएर झण्डै १५ हजार हस्ताक्षर संकलन गरेर काठमाण्डौं पनि लिएर गए । तर राज्य पुर्नसंरचना आयोगले निवर्तमान सांसद शेखर कोइरालालाई मनाएर आउनुस् नत्र हामी वुढीगंगा विराटनगरमा मिसाउन सक्दैनौं भन्यो । मैले स्वयंम शेखर कोइरालालाई भने तर उनले त्यसलाई स्वीकार गर्न सकेनन् । त्यसैले गर्दा आज एक दिन विराटनगर महानगरपालिका भएको टंकीसिनवारी गाउँपालिकामा सिमित भएको छ । शेखरकै कारण महानगर हुन नसकेको हो । उनले न विराटनगरलाई महानगर बनाउनु पर्छ भनेर पहलकदमी लिए नत प्रदेशको राजधानीका लागि अग्रसर छन् । उनीबाट यहाँका जनतालाई केही फाईदा छैन । उनी चुनावका वेला मत माग्छ आउँछन् । उनी विकासको बाधक नै हुन भन्दा पनि हुन्छ । चुनाव पछि यहाँका जनतालाई उनले विर्सन्छन् । म त्यस्तो नेता हैन । मैले यहाँको विकास र समृद्धि चाहेको छु ।

तपाई उम्मेदवार भएको क्षेत्र काँग्रेसको गढ मानिन्छ, त्यस माथि लोकतान्त्रिक फोरम पनि सामेल भएको छ ? गार्हो होला हैन ?
कुनै पनि स्थान कसैको भन्ने हुँदैन । कुनै स्थानमा एक छिनमा सर्प देखिन्छ । फेरि त्यहाँ खोज्न गयो भने हुँदैन । निर्वाचन क्षेत्र पनि त्यस्तो हो । कसैको पेवा हुँदैन । म जनताको विचमा झुट बोल्न जानेको छैन । झुट बोल्दा पनि बोल्दिन । मलाई यो क्षेत्रका जनताले विशेष मायाँ गर्नु हुने छ । मैले विश्वासको मत पाउने छु । त्यसै मतले म विजयी हुने छु । करिव साढे ४ हजार मतले म यहाँबाट विजयी हुने छु । मैले अहिले सपना पनि जितेकै र विपना पनि जितेकै देखिरहेको छु ।

एमाले भित्रबाट तपाईलाई अन्र्तघात हुँदैछ भन्ने सुन्नमा आएको छ नी ?
यस कुरामा म पटकै विश्वास गर्दीन । हाम्रो पार्टी मात्र हैन बाम गठबन्धनबाट यस पटक मेरो क्षेत्रमा मात्रै हैन अन्य स्थानमा पनि धोका हुँदैन । उहाँले व्यङ्गात्मक तवरले भन्नुभयोे,‘शरिर हो रोगव्याधी लाग्न सक्छ , त्यसो भयो भने उपचार गर्नु पर्छ । ’

निर्वाचनमा कत्ति खर्च गर्दै हुनुुहुन्छ ? र, यसको व्यवस्थापन कसरी गर्नु भएको छ ।
मैले हाल सम्म तीन वटा निर्वाचनमा प्रतिष्पर्धा गरे । २०४८, २०५१ र २०५६ । तीन वटै निर्वाचनमा गरि मेरो ४ लाख २८ हजार खर्च भयो । २०४८ मा मैले ३० हजार खर्च गरे , २०५१ मा ४८ हजार र २०५६ मा ३ लाख ५० हजार खर्च गरे । यो चुनावमा खर्च गर्ने मसँग पैशा छैन । केही पार्टीले गरिदिने छ भने बाँक िखर्च मलेसियामा रहेका नेपालीले प्रतिव्यक्ति १ सय रुपैयाँ संकलन गरि रहेको मैले खवर पाएको छु । उहाँहरुले संकलन गरेर पठाउँदै छौं भन्नु भएको छ । संकलन गरेर जति पठाउनु हुन्छ , त्यहीबाट खर्च हुन्छ । जुन पारदर्शी रुपमा देखिने र त्यो म सार्वजनिक पनि गर्ने छु । पैशाले मत किन्ने हैन मतदाताको मनमा पस्न सक्नु पर्छ ।

लालबाबुलाई मधेश विरोधी भन्छन नी ?
म मधेश विरोधी हैन । म हिमाल, पहाड र तराईलाई जोड्ने व्यक्ति हुँ । म नेपालको नागरिक र मधेशको पुत्र हुँ । मधेशलाई समृद्ध बनाउन म प्रतिवद्ध छु । मधेशी जनता मेरो साथमा छन् ।

 pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३