Breaking News

स्कुल प्रिन्सेस २०१७ को उपाधी अस्श्रा थापाको शिरमा पर्यो

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार १५:४८

म्याड जोन
विराटनगर २० कात्तिक । पहिलो सिजनको ‘स्कुल प्रिन्सेस २०१७’ को उपाधी विराटनगर ६ शान्ति चोककी ११ बर्षिया अस्श्रा थापाको शिरमा पर्न सफल भएको छ ।

ड्रिम्स मिडिया एण्ड ईन्टरटेन्मेन्ट मेनेजमेन्ट प्रालि विराटनगरले आयोजना गरेको ‘स्कुल प्रिन्सेस २०१७’ को फाईनलमा थापाले उपाधी सँगै नगद ३१ हजार प्राप्त गरिन् । यसैगरी विजेता भएकी थापालाई विराटनगरमा रहेको कान्तिपुर कलेजले प्लस टु ो लागी निशुल्क पढाउने भएको छ । त्यसैगरी स्कुल प्रिन्सेस २०१७ को फष्ट रनरअप विराटनगर ४ की आयल निगमकी १८ बर्षिया प्रिजिन्ता तामाङ भईन् । एल्जेलिया बोडिङ स्कुल कक्षा १० मा अध्ययनरत तामाङले फष्ट रनर अपको क्राउनसँगै नगद २० हजार र मष्ट पपुलर, वेष्ट ट्यालेनट र वेष्ट मल्टी मिडीयाको सव टाईटल पाउन सफल भईन् ।

यसैविच भानु स्कुलमा कक्षा १० मा अध्ययनरत विराटनगर १२ की १५ बर्षिया सारिका गहतराज भईन् उनले सेकेण्ड रनर अपको उपाधी सँगै नगद १५ हजार र बेष्ट फिजिकको सव टाईटल पाउन सफल भईन् । शनिबार राती सम्पन्न स्कुल प्रिन्सेस २०१७ को कार्यक्रमका प्रमुख अतिथी पूर्व सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितले विजेतालाई शिरमा क्राउन लगाई दिनु भएको थियो ।

कार्यक्रममा गायक कमल खत्रि र राहुल पराजुलीले आफनो प्रस्तुति दिएका थिए भने भाईरल डान्स ग्रुपले आफ्नो कलात्मक नृत्य प्रस्तुति दिएका थिए । स्कुल प्रिन्सेस २०१७ को मेक अप पार्टनरमा सवु व्यूटी पालर र बुटिक पार्टनरमा क्रियटिभहेन्ड्स रहेको थियो । कार्यक्रमको होष्टिङ तृष्ण रेग्मीले गरेकी थिईन् भने कार्यक्रमको अध्यक्षता ड्रिम्स मिडिया एण्ड ईन्टरटेन्मेन्ट मेनेजमेन्ट प्रालि विराटनगरका चियरपर्सन ज्ञानु श्रेष्ठले गरेका थिए । स्कुल प्रिन्सेसको कोरीयोग्राफी सिमा कर्णले गरेको ड्रिम्स मिडिया एण्ड ईन्टरटेन्मेन्ट मेनेजमेन्ट प्रालिकी सिईओ सविता केशीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार १५:४८

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३