Breaking News

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायसँग आग्रह

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार १५:३३

उर्लाबारी, २० कात्तिक । मोरङ क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका उम्मेद्वारले शान्तिपूर्ण रुपमा निष्पक्ष निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायसँग आग्रह गरेका छन् ।

मोरङ १ बाट प्रतिनिधिसभाका उम्मेद्वार घनश्याम खतिवडा र प्रदेश क का उम्मेद्वार कुशल साम्बासहित वाम गठबन्धनका नेताहरुले यस्तो आग्रह गरेका हुन् । सोमबार उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षसँगको छलफल कार्यक्रममा मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन पनि विगतको स्थानीय तह निर्वाचन जस्तै शान्तिपुर्ण र निष्पक्ष रुपमा सम्पन्न गराउन आग्रह गरिएको हो । order Viagra Super Active online cheap, buy dapoxetine online.

प्रतिनिधिसभाका उम्मेद्वार एमाले नेता समेत रहनुभएका खतिवडाले यस क्षेत्रमा निर्वाचन आचारसंहिता उल्लघंनका घटनाहरु भईरहेको भन्दै त्यसमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । निर्वाचनको समयअवधिभर उम्मेद्वार र निर्वाचन प्रचारप्रसारमा खटिने कार्यकर्ताहरुमाथि कुनै पनि समयमा अवाञ्छित गतिविधि भए सुरक्षाको व्यवस्था मिलाउन पनि उहाँले आग्रह गर्नुभएको थियो ।

छलफल कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रेमबहादुर मिभक, निर्वाचन परिचालन कमिटिका संयोजक भूपाल जिमी लगायतले पनि बोल्नु भएको थियो ।

प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्नु आफुहरुको जिम्मेवारी पनि रहेको भन्दै शान्तिपुर्ण रुपमा आचारसंहिताको पालना गर्दै प्रचारप्रसार गर्न आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३