प्रकाशित : १८ कार्तिक २०७४, शनिबार १५:४४


-
Cialis soft FRUIT buy online, online Zoloft.
- म्याड जोन
विराटनगर १८ कात्तिक । ड्रिम्स मिडिया एण्ड ईन्टरटेन्मेन्ट मेनेजमेन्ट प्रालि विराटनगरले आयोजना गरेको ‘स्कुल प्रिन्सेस २०१७’ को ग्राण्ड फिनाले शनिबार साँझ होटल प्यासाफिकमा सम्पन्न हुदैछ ।
ग्राण्ड फिनालेमा विराटनगरका विभिन्न स्कुलबाट भाग लिएका १८ जना प्रतिस्प्रधीहरु फाईनलमा सहभागी छन् । फिनालेमा रिस्ता रुचिका गिरी , समृती भटराई ,बविसा अधिकारी, सुनिमा थापा, शुवेक्क्षा गिरी, बर्षा राई, अस्श्रा थापा, उत्साह भुजेल, सुधेस्ना कार्की, मनिका गौतम, साक्क्षी प्रधान, केली कोईराला, सुस्मिता यादव, कृतिका पौडेल, नेल्सी लामा गुरुङ श्रेया पराजुली, सरिका गहतराज र प्रिजिता तामाङ रहेका छन् ।
स्कुल स्तरमा अध्ययनरत छात्रा विद्यार्थीहरुमा लुकेर बसेका भित्रि प्रतिभालाई प्रस्टफुटन गराउने उद्धेस्यका पहिलो पटक विराटनगरमा बौद्धिकताका सहितको सौन्दर्य प्रतियोगीता गरिएको कार्यक्रम सयोजक नितिक्षा पाठकले जानकारी दिनुभयो ।
ग्राण्ड फिनालेका विजेताले नगद ३१ हजार रुपैयाको साथै अन्य अवार्ड तथा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने फष्ट रनरअपले ताज सहित नगद २० हजार र सेकेन्ड रनर अपले १५ हजार पाउने भएका छन् । कार्यक्रममा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, एसपी अरुणकुमार बिसी र गायक कमल खत्री लगायतका अतिथिहरुको सहभागिता रहने छ । कार्यक्रममा गायक खत्रीको विशेष प्रस्तुति रहने छ ।
सम्बन्धित शीर्षकहरु