Breaking News

सुनिल शर्मा विरुद्ध निर्वाचन कार्यालयमा उजुरी

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार ०७:३९

buy Viagra soft FRUIT online, acquire Zoloft. उर्लाबारी, १८ कात्तिक । निर्वाचनमा मतदातालाई प्रभाव पार्ने हिसावले निर्वाचन आचारसंहिता विपरित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको भन्दै नेपाली कांग्रेस मोरङ ३ का प्रतिनिधिसभा उम्मेदवार सुनील शर्मा न्यौपाने विरुद्ध नेकपा एमालेको अगुवाईको बामगठबन्धनले उजुरी गरेको छ ।

बाम गठबन्धनका तर्फबाट मोरङ ३ का प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका एमालेका पोलिटव्यूरो सदस्य एवम् प्रमुख सचेतक भानुभक्त ढकालले प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य समक्ष निर्वाचन आचारसंहिता विपरितको सो गतिविधि रोक्न मौखिक उजुरी गर्नुभएको हो ।

उहाँले मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी समेत दर्ता भइसकेको अवस्थामा त्यसखाले गतिविधि गर्नु निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भएको जनाउँदै त्यस्तो कार्य तत्काल रोक्नु पर्ने बताउनु भएको थियो । निशुल्क शिविर सञ्चालन गर्ने समाजसेवाको भावना भए सवै समयमा र जिल्लाभरी नै सञ्चालन गर्नु पर्नेमा आफु उम्मेदवार बन्ने भएपछि आफ्नो क्षेत्रमा मात्र शिविर सञ्चालन गरेर भोट तान्ने आर्थिक प्रभाव पार्नु निन्दनीय रहेको निवर्तमान सांसद चण्डीप्रसाद राईको तर्क छ । आफ्नो उम्मेदवारीको चर्चा चल्न थालेदेखि नै २ महिना अघिदेखि नोवेल अस्पतालमार्फत न्यौपानलेले ३ नम्बर क्षेत्रमा मात्रै निशुल्क स्वास्थ्य शिविरका नाममा जनतालाई भोट बैंक बनाउने हिसावले गतिविधि गरेको उल्लेख छ ।

न्यौपानेले भनें आफुले निर्वाचन आचारसंहित उल्लंघन नगरी आफुलाई मन लागेको ठाउँमा जनताको सेवाका लागि शिविर सञ्चालन गरेको जिकिर गर्नुभयो ।pharmacy

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३