Breaking News

‘प्रधानमन्त्री हुनका लागि बाम गठबन्धन बनाईएको हैन’

प्रकाशित मिति : १६ कार्तिक २०७४, बिहीबार १२:१६

order Zenegra online cheap, dapoxetine reviews. विराटनगर १६ कात्तिक । एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री हुनका लागि बाम गठबन्धन नबनाईएको बताउनु भएको छ ।
सार्वभौमसत्ता र भौगोलिक अखण्डताका लागि बाम गठबन्धन बनाईएको उहाँको दावी छ । प्रधानमन्त्री केपी ओली, प्रचण्ड पार्टी अध्यक्ष र माधव नेपाल राष्ट्रपति हुनका लागि बाम गठबन्धन बनाईएको हो भन्ने पत्रकारको प्रश्नमा उहाँले त्यसो नभएको भन्दै भन्नुभयो,‘ तपाईको मुखमा दुध र भात जाओस् ।’ विराटनगर विमान स्थलमा विहिबार विहान पत्रकारसँग कुराकानी गर्दै उहाँले बाम गठबन्धनको उद्देश्य प्रधानमन्त्री बन्न नभएको प्रष्ट पार्नु भयो ।

उहाँले भन्नुभयो,‘सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाभिमान, लोकतन्त्र र राष्ट्रिय एकता लागि एक ठाँउमा उभिएका हौं ।’ उहाँले गठबन्धनको लक्ष्य देशलाई सम्वृद्धि तर्फ लैजाने हो, काँग्रेस जस्तो क्यालकुलेटर दवाएर काम गर्ने होइन भन्नुभयो ।

अध्यक्ष ओलीले यस्तो काम हामी हैन, नेपाली काँग्रेसले गर्ने बताउनुभयो । बहुदलिय व्यवस्थामा राजनीतिक दल खोल्ने अधिकार भएपनि विचारका आधारमा राजनीतिक पार्टी हुनुपर्ने भन्दै उहाँले अव जिउै पिच्छेका राजनीतिक दल आवस्यक नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘विचार विनाको राजनीतिक दल भनेको स्वार्थहरुको समूह हो ।’ नेपाली काँग्रेसमा गलत राजनीति हावी हुँदै गएको उहाँले बताउनुभयो ।

काँग्रेसमा राजनीति नै छैन चाँही म भन्दिन तर परिवर्तन, राष्ट्रिय एकता र सम्वृद्धि विरोधी राजनीति हावी छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार हुन नपाएकोमा एमालेमा कतै असन्तोष नरहेको भन्दै उहाँले अन्य राजनीतिक दलले भड्काउन खोजेको बताउनुभयो ।
झापा ३ मा राप्रपा उम्मेदवारलाई बाम गठबन्धनले सहयोग गर्ने निर्णय लोकतान्त्रिक गठबन्धन भत्काउने कार्य नभएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो ,‘ हामीसँग नजिक आउनेहरुलाई सहयोग गरेका हौं ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले सत्ताभित्रको फाँसिवादी चरित्र देखाएको टिप्पणी गर्नुभयो । सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्रले लोकतन्त्रमा प्रतिपक्षलाई सिध्याउँछु भन्नु अस्वभाविक र असाधारण कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयोे,‘ उहाँ लोकतन्त्रमा प्रतिपक्षलाई सिध्याउँछु भन्नु, तानाशाही प्रवित्तीको प्रष्टिकरण हो ।

सत्ताभित्रको फाँसिवादी चरित्र हो ।’ उहाँले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको हडबढाउने पुरानो बानीका कारण पनि यस्तो अभिव्यक्ति आएको हुनसक्ने संकेत गर्नुभयोे । उहाँले प्रधानमन्त्री देउवाले भनेजस्तो एमालेले अधिनायकबाद नलाद्ने स्पष्ट पार्दै एकता गर्न लागेको माओवादी पनि संवैधानिक प्रकृयामा आइसकेकाले यसको अफवाह फैलाउन आवश्यक नरहेको तर्क गर्नुभयोे ।

माओवादी त हतियार उठाएर आएको हो नि भन्ने विषयमा उहाँले भन्नुभयोे, ‘हतियार त २००७ सालमा कांग्रेसले अलिक पछि २०२७/०२८ तिर हामीले पनि उठाएका हौं ।’

 levitra

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३