Breaking News

रंगेली नगरपालिकाका मेयरले जग्गा मिचेको आरोप

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार १५:४०

Cialis Black no rx, buy lioresal online. विराटनगर, १५ कात्तिक । मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बडडीयाले ‘शक्ति प्रयोग गरी’ सँधियारको जग्गा मिचेको आरोप लागेको छ ।

सँधियार चन्द्रसेन शर्माले आफ्नो नामको ५ कठ्ठा जग्गा बगडीयाले मिचेर त्यहाँ इटाभट्टा सञ्चालन गरेको आरोप लगाउनु भएको हो । मोरङको साविक सोराभाग–९ हाल धनपालथान गाउँपालिकामा रहेको जग्गा मिचेको बताउँदै शर्माले भन्नु भयो,‘मेरो जग्गामा जर्बजस्ती खावाँखुट्टी गाडेर जग्गा मिचिएको छ ।’ उहाँले बगडीयाले आफ्नो इट्टा उद्योगको सीमाना बढाएर आफ्नो जग्गासम्म पुर्याएको दाबी गर्नु भयो । आफूले अंशबन्डाको प्राप्त गरेको सोराभाग–९ को कित्ता नम्बर ८ को २०–१४–१० धुर मध्ये ९–९–१० धुर जग्गा आफूले पाएको र आफ्नो छोरा शशी शर्माले ५–१७ –० तथा महावीर शर्मा तथा महावीर शर्माले ५–८–० धुर पाएकोले आफ्नो जग्गा जम्मा ११–०५–० धुर दिलिप बडडिया र परिवारको नाममा बेच्नु भएको थियो ।

हाल त्यो जग्गामा इट्टाभट्टा रहेको चौध वर्षपछि साँधको जग्गाबाट ५ कठ्ठा हड्प गरेको शर्माले बताउनु भयो । उहाँले भन्नु भयो,‘जग्गा विवाद भएको विषयमा बगडीयासँग कुराकानी गर्दा जे गर्न सक्छौ गर भन्दै उल्टै थर्काए ।’ बगडीयाले एकतर्फी रुपमा जग्गाको नापजाँच गरी सीमाना कायम गरेको शर्माले दाबी गर्नु भयो ।

१४ वर्षसम्म कुनै किसिमको मतभेद तथा सीमाना सम्बन्धी किचलो नभएको र हाल जोतभोग गर्दै आएकोमा धानवाली लगाएकै ठाउँमा बगडीयाले सिमेन्टका खम्बा गाडेर जग्गा आफ्नोतर्फ पारेको उहाँको भनाइ छ । बगडियाले भने आफूले कसैको पनि जग्गा नहडपेको बताउनु भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३