Breaking News

हर्न निषेधका सम्बन्धमा कारण देखाउ आदेश

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार १५:२४

buy Kamagra online, clomid online. विराटनगर, १५ कात्तिक । प्रदेश नम्बर १ लाई गरिएको हर्न निषेधका सम्बन्धमा उच्च अदालत विराटनगरले आज कारण देखाउ आदेश जारी गरेको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी समेतका नाममा अदालतले कारण देखाउ आदेश जारी गरेको हो । न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले हर्न निषेधका विरुद्ध परेको रिटमा १५ दिन भित्रमा उच्च सरकारी वकिल कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आवश्यक पूर्वाधार तयार नभइकन र कानुन विपरित प्रदेश नम्बर १ लाई हर्न निषेध गरेर जनतालाई दुःख दिने काम गरेको भन्दै उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष विराटनगर १० निवासी उत्तम ढुँगेलले हिजो त्यसका विरुद्ध रिट दायर गर्नु भएको थियो ।

मुद्धाको बहस अधिवक्ताहरु पुरुषोत्तम नेपाल, उद्धवचन्द्र घिमिरे र मीना गिरीले बहस गर्नु भएको थियो । रिटमा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर रानी, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई विपक्षी बनाइएको थियो ।

रिटमा अन्तरिम आदेश सहितको उत्प्रेशणयुक्त परमाधेशको माग गरिएको थियो । अदालतको आदेशमा लिखित जवाफ परेपछि रिट निवेदनमा उठाइएका विषयमा विचार भई निरोपण गर्नु पर्ने प्रकृतिको देखिएको र निवेदकलाई तत्काल कुनै अपुरणीय क्षति हुन सक्ने प्रकृतिको नदेखिएको हुँदा अन्तरिम आदेश जारी भने गरि रहन नपर्ने उल्लेख छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३