Breaking News

सडक बालबालिका भारत तस्करी गर्ने पक्राउ

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार १५:१८

Kamagra Soft for sale, purchase dapoxetine. विराटनगर, १५ कात्तिक । नेपालबाट भारततर्फ सडक बालबालिका तस्करी गर्ने गिरोहमा संलग्न तीन जनालाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।

तस्करीमा ठूलै गिरोहको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको छ । मोरङ र सुनसरीका विभिन्न सहरका सडकमा बसोबास गर्ने सडक बालबालिकालाई भारतमा पुर्याएर जटिल श्रममा लगाउने गरिएको पत्ता लागेको हो । भारत लैजादै गरिएका तीन बालकलाई पनि उद्धार गरिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताउनु भयो ।

सुनसरीको इटहरीबाट भारततर्फ लैजादै गरिएको अवस्थामा भारतको जोगवनी रेलवे स्टेशनबाट उद्धार गरिएका १४ वर्षीय बालकहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । तस्करीमा संलग्न एक जना भारतीय सहित तीन जनालाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट गयराति सम्ममा पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौला नेत्रृत्वको टोलीले भारतीय नागरिक ३१ वर्षीय मन्जित सिंह, मोरङको मोतिपुर घर भई इटहरी ४ बस्ने ३६ वर्षीय राजु भण्डारी र इटहरी १० का २८ वर्षीय सुरज ऋषिदेवलाई पक्राउ गरेको हो । पक्राउ परेका विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरुलाई आज प्रहरीले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक पनि गरेको छ ।

एसपी बिसीका अनुसार पक्राउ परेकाहरु लामो समयदेखि भारततर्फ सडक बालबालिका तस्करी गर्ने धन्दामा संलग्न रहेको पत्ता लागेको छ । प्रारम्भिक अनुसन्धानबाट यस अघि १० जना सडक बालबालिकालाई उनीहरुले भारत पुर्याइसकेको पत्ता लागेको जानकारी बिसीले दिनु भयो ।

पक्राउ परेका मध्ये राजुले सडक बालबालिकालाई भेला पारेर सुरजको जिम्मा लगाउने र राजुले भेला पारेर ल्याएका बालबालिका सुरजले जोगवनीमा पुर्याएर भारतीय नागरिक मन्जितलाई बुझाउने गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।avana

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३