Breaking News

संसदको सुविधा बुझाएर ढकालले गरे अगुवाई

प्रकाशित मिति : १३ कार्तिक २०७४, सोमबार ०७:०८

विराटनगर, १३ कात्तिक । रुपान्तरीत व्यवस्थापिका संसदका निवर्तमान सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले खाईपाइ सरकारी सेवा सुविधा बुझाएर अगुवाई गर्नु भएको छ ।

संसद नै भंग भइसक्दापनि नेपाली कांग्रेसका प्रमुख सचेतक, सचेतकदेखि अन्य सदस्यहरुले समेत व्यवस्थापिका संसद सुविधाको उपभोग गरिरहेको टिप्पणी भइरहेका बेला नेकपा एमालेका प्रमुख सचेतक ढकालले संसद सुविधा व्यवस्थापन शाखाबाट कुनै बक्यौता नरहेको क्लिन चिट पाउनु भएको हो । Erectalis buy online, clomid reviews.

संसद हुँदा पाएको कुटनितिक राहदानी (रातो पासपोर्ट ) सरकारी गाडिलगायतका सुविधाको अझै अधिकांशले उपभोग गरिरहेका बेला ढकालले सवै बुझाएको चिट पाउनु भएको हो । स्रोतका अनुसार अहिलेसम्म ढकाल लगायत करिब ३० जनाले मात्र बहालमा रहँदा उपभोग गरेको सुविधा फिर्ता गराउनु भएको छ ।

ढकाल दोस्रो संविधानसभाको निर्वाचनमा तेह्रथुमको निर्वाचन क्षेत्र बाट समानुपातिक तर्फको संविधान सभा सदस्य बन्नु भएको थियो । त्यसपछि संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसदको सदस्य ढकालका नाममा संसद सुविधा व्यवस्थापन शाखाले उनको नाममा कुनै प्रकारको जिन्सी वा नगदी बुझाउन बाँकी बक्यौता नदेखिएको व्यहोराको चिट दिएको हो ।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभाको निर्वाचनको मनोनयन दर्ता भएसँगै व्यवस्थापिका संसदको म्याद सकिएको छ । असोज २८ गते म्याद सकिएको व्यवस्थापिका संसदका सम्पूर्ण सदस्यहरुले एक साताभित्र उपभोग गरिरहेका सुविधा फिर्ता गरिसक्नुपर्ने प्रावधान छ ।

ढकाल मोरंग ३ बाट प्रत्यक्ष तर्फ खडा हुँदैहुनुहुन्छ ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३