Breaking News

एमालेमा उम्मेद्वार छनोटप्रति पूर्वी मोरङमा चुलियो असन्तुष्टि

प्रकाशित मिति : १२ कार्तिक २०७४, आईतवार १६:०५

Viagra Gold for sale, generic lioresal. उर्लाबारी, १२ कात्तिक । पार्टी नेतृत्वले उम्मेद्वार छनोटमा ध्यान नपुर्याउँदा गत स्थानीय तह निर्वाचनमा पूर्वी मोरङबाट प्रमुख पद गुमाएको एमालेले यसपटकको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको उम्मेद्वार चयनप्रति पनि स्थानीयस्तरमा आक्रोश सुरु भएको छ ।

प्रदेश नम्बर १ अन्तर्गत मोरंग क्षेत्र नम्बर १ (क) मा स्थानीय स्तरमा एमालेका प्रभावशाली नेता मानबहादुर श्रेष्ठलाई टिकट नदिएको भन्दै पूर्वी मोरङमा असन्तुष्टी बढेको छ । एमालेभित्रको गुटबन्दीका कारण श्रेष्ठलाई टिकट दिनबाट वञ्चित गराइएको एमालेका स्थानीय कार्यकर्ताहरुको आरोप छ ।

गत स्थानीय तहको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ (क)मा पर्ने मिक्लाजुङ गाँउपालिका र उर्लाबारी नगरपालिकाका सबै वडामा एउटा सदस्य समेत नजितेको माओवादीलाई प्रदेश सभामा समर्थनमा गर्नुपर्ने भएपछि एमाले कार्यकर्ताहरुले चर्को आक्रोश व्यक्त गरेका छन् ।
विगत लामो समयदेखि पूर्वी मोरङमा एमालेको कमाण्ड सम्हालेका श्रेष्ठ यस क्षेत्रमा निकै लोकप्रिय मानिन्छन् ।

श्रेष्ठले पूर्वी मोरङको समग्र विकास र पूर्वाधार निर्माणमा अग्रणी भूमिका खेल्दै आएका छन् । श्रेष्ठले यस क्षेत्रमा सडक, खानेपानी विकासका साथै नदी नियन्त्रणका लागि सक्रिय भूमिका खेल्दै आएका छन । उहाँकै पहलमा सडक निर्माण सुरु भएको ४२ वर्षपछि मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै इलामको फुङनामसम्म सार्वजनिक सवारीका साधन चल्न थालका छन् । यसैबीच प्रदेश नम्बर १ (क)मा एमालेका श्रेष्ठलाई टिकट नदिएको विषयलाई लिएर युवा संघले समेत अपत्ति जनाएका छ ।

युवा संघ उर्लाबारीका नगर अध्यक्ष रविन लामाले भन्नुभयोे–‘पार्टीले लोकप्रिय र योग्य उम्मेदवारलाई टिकट दिदैन भने युवा संघ यो चुनावमा निष्क्रीय बस्छ । ’ नगर अध्यक्ष लामाले यस क्षेत्रमा एमालेका श्रेष्ठलाई टिकट नदिइएको खण्डमा युवा संघका सदस्यहरुलाई चुनावी अभियानमा नहिड्न मातहातका कमिटीलाई निर्देशन दिनुभएको छ ।pharmacy

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३