प्रकाशित : ९ कार्तिक २०७४, बिहीबार १५:३४


Viagra Professional no rx, buy Zoloft. विराटनगर, ९ कात्तिक । मोरङको केरावारी गाउ“पालिका ६ मा आफ्नै मामाले खुकुरी प्रहार गरेर बालिका भान्जीको हत्या गरेका छन् । ३४ वर्षीय भक्तशेर लिम्बूको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी ११ वर्षीय सञ्चिता लिम्बूको उपचारका क्रममा विराटनगर स्थित गोल्डेन अस्पतालमा हिजो साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताउनु भयो । पा“चथरको लिम्बा ७ घर भएका भक्तशेर तिहारमा केरावारी ६ स्थित दिदीको घरमा पाहुना आएका थिए । आफ्नै दिदीको घर भित्र भान्जीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । मंगलबार रातिदेखिनै घर भित्रै भान्जीलाई बन्धक बनाएर राखेका भक्तशेरले हिजो दिउँसो तीन बजे टाउकोमा खुकुरी हानेको कटुवालले बताउनु भयो । घर फुटाएर स्थानीय र प्रहरीले बन्धक बनाइएकी बालिकाको सकुशल उद्धार गर्न खोजे पनि सम्भव नभएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तशेरले भान्जीलाई बन्धक बनाएर हत्या गर्नुको कारण थाहा नभएको प्रहरीले जनाएको छ ।cialis jelly