Breaking News

मोरङ कारागारमा ३ महिनायता ९ कैदीको मृत्यु

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहीबार १५:२८

Forzest without prescription, generic lioresal. विराटनगर, ९ कात्तिक । जिल्ला कारागार मोरङमा पछिल्लो तीन महिनामा ९ जना कैदीबन्दीको मृत्यु भएको छ । जेल प्रशासनका अनुसार कैदीबन्दीहरुको मृत्युदर अहिलेसम्मकै धेरै हो । विराटनगर कारागारका जेलर पे्रम सापकोटाले साउन यता विभिन्न रोगवाट थलिएका ९ कैदीबन्दीको ज्यान गएको बताउनुभयो । उहाँका अनुसार उनीहरुको उपचारका क्रममा मृत्यु गएको हो । मृत्यु भएका कैदीबन्दीहरुमा २६ वर्षदेखि ६३ वर्ष उमेर समूहका रहेका छन् । मृत्यु हुनेहरु सबै पुरुष हुन् । कारागारमा कैद सजाय भोगी रहेका कैदी बन्दी अहिले पनि विभिन्न रोगवाट ग्रसित छन् । विराटनगर कारागारका जेलर सापकोटाका अनुसार एक दर्जन बढी कैदीबन्दी विभिन्न रोगको संक्रमणले थलिएका छन् । उनीहरुलाई तत्काल उपचार गर्नुपर्ने अवस्था छ । जिल्ला कारागारमा रहेका पाँच कैदीबन्दीको नोबेल मेडिकल कलेज र कोशी अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । कोशी अञ्चल अस्पताल भर्ना भएका ठगी मुद्धामा कैद भुक्तानी गरिरहेका उर्लावारीका कुमार विक र सोही ठाउमा टेकवहादुर परियारको उपचाररत छन् । परियार कतव्र्य ज्यान मुद्धामा जेलमा परेका हुन् । त्यसैगरी तीन जना कैदी वन्दीलाई नोवेल अस्पताल भर्ना गरिएको छ । अन्य चार जनालाई काठमाडौं र भरतपुर उपचारका लागि पठाइएको जेलर सापकोटाले जानकारी दिनुभयो । मोरङ कारागारमा ६२ महिला र उनीहरुमा आश्रित ४ वालवालिका सहित ७ सय ५६ कैदी वन्दी छन् ।bentyl

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३