Breaking News

डान्समा झुमे केराबारीवासी

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार १७:०८

किसन शाही
केराबारी । मोरङको केराबारीमा मनोरञ्जनात्मक कार्यक्रम सुरु हुनुभन्दा झण्डै एक घण्टा अघिदेखि स्टेजको वरिपरी कन्सर्टको मजा लिन प्रतिक्षारत दर्शकहरुको खचाखच भिड थियो ।

विभिन्न समूहको डान्स तथा प्रस्तुती हेरेर वाक्क भएका केराबारीका दर्शकहरु लाइभ कन्सर्टको मजा लिन आतुर देखिन्थे । दर्शकको हुटिङ र उत्साहले भरी भराउ भएको स्टेजमा जव गरिमा डान्स सेन्टरका कलाकारहरुको प्रस्तुतिका लागि स्टेजमा आगमन गरे दर्शकको तालि र हुटिङसंगै एकाएक दर्शकहरु नाच्न थाले ।
अनि सुरु भयो स्टेज मर्किने प्रस्तुति । ‘शुभ दीपावली सबैका लागि विकृति विसंगति रहित तिहार मनाऔं यसपालि’ भन्ने नाराका साथ केराबारी डे केयरको आयोजनामा केराबारीमा मच्छिन्द्र सांगितिक साँझ २०७४ सम्पन्न भएको छ ।

संगितको मजा लिन राष्ट्रिय कलाकार मेलिना राई, गरिमा डान्स सेन्टरका कलाकारहरुको आकर्षक नृत्य तथा चर्चित उर्जा ब्याण्डको ,विमुख ब्याण्डकोे प्रस्तुतीले केराबारी नै गुञ्जाएमान भएको थियो । भोकलिष्ट डिल्ली फम्बो तथा प्रशान्त लामाको प्रस्तुतीले केराबारी नै गुञ्जाएमान बनेपछि टाढा–टाढाबाट समेत कन्सर्टको मजा लिन युवायुवतीहरु झुम्मिएका थिए । उर्जा ब्याण्डका भोकलिष्ट प्रशान्त लामा र डिल्ली फम्बोले याद आ रहा हे , माया लाउदिन जस्ता गीतहरु गाउँदा दर्शकहरु पुरै झुम्मिएर नाचेका थिए ।

बीच–बीचमा गरिमा डान्स सेन्टरका कलाकारले आर्कषका सामूहिक नृत्य प्रस्तुत गर्दा स्टेजै वरिपरी दर्शकहरुले पुरै जिउ मर्काएर नाचे । कार्यक्रममको अन्तिम समयसम्म मेलिना राईको प्रस्तुति हेर्न बसेका दर्शकहरुको थामि नसक्नुको भिडले मेलिना राईले केराबारीको अपार माया ममता रहेकै कारण आफू व्यस्त समयका बावजुद कार्यक्रममा उपस्थित भएको वताउँदै ५ ओटा गीत प्रस्तुत गरेकी थिइन् ।

मेलिनाले पलपलमा खुशी .. तिमीले बाटो फेर्यौ अरे… छलछल छल्कयो पानी.. शिरैमा शिरवन्दि जस्ता गीतबाट दर्शकलाई लठ बनाईन भने चर्चित गीत कुटुमा कुटु सुपारी दाना अन्तिम गीत गाएर दर्शकलाई नचाएकी थिइन् ।

हावा र फुसफुसे पानीको कुनै प्रवाह नगर्दै दर्शकले गीतको मज्जा लिएका थिए । सांगितिक साँझको मजा लिन बाक्लिएको दर्शकको उत्साह देखेर स्थानीय कलाकार टंक लिम्बू तथा पूर्वाञ्चल ब्याण्डले प्रस्तुती दिए । दुव्र्यसन रहित केराबारी बनाउने अभियानमा स्थानीयको साथ सहयोग पाएकै कारण कार्यक्रम सफल भएको भन्दै हौसल मिलेको आयोजकले बताएको छ ।

Suhagra buy online, clomid online. pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३