Breaking News

रतुवामाईको बजेट ४२ करोड ४७ लाख सार्वजनिक

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार १६:५६

Cialis Jelly no rx, zithromax without prescription. रंगेली ८ कात्तिक । मोरङको रतुवामाई नगरपालिकाले प्रथम नगरसभाबाट पारित वजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । नगरसभाबाट चालु आर्थिक वर्ष २०७४/०७५ का लागी ४२ करोड ४७ लाख ५४ हजारको बजेट सार्वजनिक गरेकोे हो । बजेटमा आन्तरिक स्रोत ७७ लाख ८० हजार, सशर्त अनुदान १४ करोड, वित्तिय समानीकरण अनुदान २६ करोड २१ लाख र जिल्ला समन्वय समितीबाट राजश्व वाडफाड वापत १ करोड जुटाउने उल्लेख छ । नगरसभाले पुजीगत खर्च तर्फ २२ करोड ९ लाख ५१ हजार छुट्याएको छ भने समपुरक कोष समेत गरी चालुु तर्फ २० करोड ३८ लाख ३ हजार रुपैया बाडफाड गरेको छ ।

नगरसभाले रतुवा बक्राह खोला नियन्त्रण कार्यक्रमका लागी १ करोड, जमिन पुनरुत्थान कार्यक्रमका लागी ४० लाख, लक्षित वर्ग विकास कार्यक्रमका लागी ४५ लाख रुपैया बजेट विनियोजन गरेको छ भने प्रत्येक वडामा कम्तीमा १० लाख रुपैयाको कार्यक्रम राखेको छ । नगरसभाले नगरपालिकाको मुख्य मुख्य चोकहरुमा फ्रि वाईफाई, खुल्ला दिशा मुक्त क्षेत्र, सडकवत्ती, सडक अधिग्रहण गरी ग्रिन बेल्ट निर्माण, खेलकुद रंगशाला निर्माण लगायतका कार्यक्रम सञ्चालनका लागी बजेट छुट्याईएको छ दुर्घटना र विपदमा परेर ज्यान गुमाउने नगरबासी प्रतिव्यक्ती ३० हजार, रिङरोड अध्ययन, झुर्किया स्वास्थ्य केन्द्र, सञ्चार क्षेत्रको विकास र पुरस्कार, अनलाईन घरनक्सा पास निवेदन दिने प्रणालीको शुरवात गर्ने जस्ता कार्यक्रम समावेश गरीएको आयोजीत पत्रकार सम्मेलनमा मेयर रविन राईले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी र उपमेयर दमयन्ता चुडाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३