Breaking News

ट्राफिक असईद्धारा कपडा पसलेमाथि कुटपिट

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार १६:४४

विराटनगर, ८ कात्तिक । मोरङको कर्सियास्थित अस्थायी ट्राफिक प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सुवाष केसीले आज कपडा पसल संचालक युवामाथि कुटपिट गरेका छन् । रंगेली नगरपालिकाका २० वर्षीय मोहम्मद सरताजमाथि केसीले कुटपिट गरेका हुन् । केसी नेत्रृत्वको ट्राफिक टोलीले भलुवा पुलमा चेकजाँच गरिरहेको थियो । को १ प ५९५६ नम्बरको मोटरसाइकलको पछाडि कपडा लिएर कर्सिया बजारतिर आउँदै गर्दा सरताजको मोटरसाइकल रोकेर ट्राफिकले चेकजाँच गर्यो । स्थानीय विनोद मण्डलका अनुसार सवारी चालक अनुमति पत्र नभएको भन्दै असई केसीले सरताजलाई दुरव्यवहार गर्न थाले । कपडा लिएर कर्सिया बजार आईपुगेपछि भने पछ्याएर आएका असई केसीले एक्कासि कुटपिट गरेको मण्डलले बताउनु भयो । कुटपिटको विरोधमा स्थानीय बासिन्दाले आज प्रहरी चौकी कर्सियामा घेराउ समेत गरेका छन् । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक मदन गिरीले घटनाका सम्बन्धमा छानविन गरेर दोषीमाथि कारवाही अघि बढाइने बताउनु भयो । buy Silvitra tab, buy lioresal.

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३