प्रकाशित : ८ कार्तिक २०७४, बुधबार १२:२५

Super Tadarise buy online, clomid without prescription. प्रमिल अधिकारी
के बालबालिकालाई सभा, र्यालीमा सहभागी नगराई आयोजकको कार्यक्रम सफल हुदैन ? आखिर ठुलो मास बनाउनको लागि बालबालिकालाई प्रयोग गरिने प्रचलन कहिलेसम्म ? बालबालिकालाई कहिले सम्म प्रर्दशन र सजावटको माध्यम बनाइ रहने ? यो सबैको लागि प्रश्न । दुखद् घटना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएको कार्यक्रम विरेन्द्रनगरमा देखियो । दुर्भाग्य नै भनै प्रचण्डले उद्घाटन गर्ने सो कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय ब्यापार मेलामा विभिन्न विद्यालयहरुलाई र्याली सहित सहभागी हुने उर्दी गरिएको थियो । र्यालीमा सहभागी हुने क्रममा १३ वर्षिया समीक्षा आचार्यले मृत्यूवरण गर्नु पर्यो । कार्यक्रममा र्याली सहित सहभागी हुनु नैलो कुरा होइन तर समीक्षाको मृत्यू हुनु दुखद र खेद पुर्ण छ । विशिष्टहरुको स्वागत वा कार्यक्रम सफल बनाइ दिन मृत्यूवरण गर्नु पर्ने ? समीक्षाको मृत्युको दुखद् खबरले अभिभावक जति मर्माहित भएकाछन् त्यतिकै मात्रामा समाचार सुन्ने जो कोहीलाई दुखित तथा सोचनीय बनाएकोछ ।
अखिर कसरी यो घटना घट्यो ? यो घटनाको जिम्मेबार को हुने ? स्थानीय विद्यालय तथा प्रशासनले यो घटनालाई कसरी लिएकोछ ? प्रधानमन्त्री प्रचण्डले नैतिकरुपमा यो घटनाको जिम्मेबारी लिने कि नलिने ? यो प्रश्नको जवाफ खोजिनु पर्दछ । यस्ता घटनाको कारणले अरु समीक्षाहरुको मृत्यू नहोस् । बालबालिकालाई सभा सम्मेलन र र्यालीमा सहभागी गराउने प्रचलन सामान्य हो । तर यसले बालबालिकालाई पारेको प्रभावबारे हामीले कतै पनि ख्यान गरेको देखिदैन । यसरी बालबालिकाको मृत्यू हुन सक्ने सहेदै सोचेका होलान् । पछिल्लो समयमा विभिन्न कार्यक्रमहरुमा बालबालिका तथा किशोरकिशोरीलाई सडक, सभाहलमा सहभागी गराई भरीभराउ गर्ने प्रचनलन बढेर गएकोछ । ठुलो मास देखेपछि आयोजक पनि कार्यक्रम सफल भएको दावी गर्ने र कार्यक्रमका बक्ताहरु पनि चिच्याइ चिच्याइ कराउने । रोचक कुरा त के छ भने सबैको केन्द्र विन्दु बालबालिका नै पर्दा रहेछन् । कार्यक्रममा सहभागीहरु कम हुने वित्तिकै विद्यालयहरु मार्फत बालबालिकालाई सहभागी गराउन सजिलो हुदोरहेछ । नीजि विद्यालयको तुलनामां सामुदायिक विद्यालयका बालबालिकालाई बढी मात्रामा सभा, सम्मेलन तथा र्याली, साभा सम्मेलनमा प्रयोग गरेको पाइन्छ ।
नेपालको परिपेक्ष्यमा राजनीतिक अभिष्टि पुरा गर्न राजनीतिक शक्तिकेन्द्र तथा विभिन्न संघसंस्थाहरूले विगतदेखि नै बालबालिकाको प्रयोग नहुदैं आएको भने होइन । शसस्त्र द्धन्द्धको अवधि, ६२÷६३ को जनआन्दोलन, मधेश अन्दोलन पछि बालबालिकाको दलिय गतिविधिहरुमा प्रयोग ह्वात्यै बढेको छ । नेपालको केही दशकयता विकास भएको राजनीतिक पद्धतिले समेत बालबालिकालाई राजनीतिक हस्तक्षेप र प्रभावबाट मुक्त राखी स्वतन्त्ररूपमा विकास हुन दिन सकेको छ्रैन । विभिन्न गैससहरुले पनि दिवस मनाउने क्रममा बालबालिकालाई घण्टौसम्म र्यालीमा प्रयोग गरेको घटना नौलो होइन । राजनीतिक दालहरुले त विभिन्न आफ्नो भातृसंगठनमा बालबालिकालाई आवद्ध गर्न विद्यालयलाई भर्ती केन्द्रको रुपमा विकास गरेका छन् । यसले शिक्षाको गुणस्तरलाई दुरगामी नकारात्मक प्रभाव त पार्छ नै साथै बालबालिकाको मनोविज्ञानलाई समेत असर गर्दछ । विभिन्न प्रलोभनमा पारी र्याली, जुलुसका अग्रपक्तिमा बालबालिकालाई नै प्रयोग गरेको देखिन्छ । बन्द, विरोधका कार्यक्रम होस् वा विशाल जनप्रर्दशनमा बालबालिकालाई नै हिडाउने, झण्डा बोकाउने, पर्चा टास्न लगाउने, ढुङ्गा हान्न,बाटो छेक्ने,गाडी तोडफोड गराउने,आगो बाल्ने जस्ता हिंसात्मक तथा अराजक कार्यमा प्रयोग भएको पाइएको छ ।
बालबालिकाको उमेर भनेको स्वतन्त्र पूर्वक पढ्ने,खेल्ने,रमाउने र विकास गर्ने हो । कुनै पनि दल, ब्यक्तिसँग आवद्ध हुँदा बालबालिकाको दिमाग संकुचित हुन्छ । हिंसात्मक गतिविधिमा संलग्न हुने भएकोले बालबालिकामा हिंसा÷ अराजकताको भावना विकास हुन्छ । नेपालको दलिय राजनीतिले बालबालिकाको मनस्थितिमा नराम्रो प्रभाव परिसकेको छ । जसको फलस्वरुप शरीरिक दुर्घटना,सामाजिक विचलनको शिकार बन्न पुग्दछन् । यसरी बालबालिकालाई अध्ययनको विषय भन्दा फरक क्षेत्रमा लगाउँदा पूर्णरूपमा बौद्धिक विकासमा अवरोध भई बालापन पनि गुमाउन पुग्दछन् । अध्ययनले पनि सानै उमेरमा कुनै दल विशेषमा मात्र आवद्ध गराउँदा त्यस्ता बालबालिका मानसिक बन्धनमा पर्न सक्छन् । अन्य राजनीतिक विचारधारालाई स्वीकार्न सक्दैनन् । जस्का कारण अन्य राजनीतिक दलमा पनि आवद्धता लिन, सहकार्य गर्न कठिनाई पर्न गई मानसिक तनाव र आन्तरिक द्धन्द्धले प्रश्रय पाउन सक्छ । जुन देशको लागि नै घातक विषय हुन पुग्दछ । बालबालिका तथा विद्यालय शान्ति क्षेत्रको रूपमा मान्यता दिन नेपालका ३९ भन्दा बढी दलहरूले स्वीकार गरिसकेको अवस्था भएता पनि ब्यावहारिकरूपमा कार्यान्वयन नभएको देखिन्छ । नेपाल सरकारले विद्यालयको शिक्षालाई कुनै पनि राजनीतिक तथा गैहराजनीतिक गतिविधिहरुबाट अलग गरी शैक्षिक क्रियाकलापलाई बाधा नपुर्याउन विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वय निर्देशिका २०६८ ल्याएको छ । तर पनि यसको कार्यान्वयनको अवस्था कमजोर छ । पछिल्लो समय शिक्षकहरु कुनै पनि दलिय राजनीतिमा आवद्ध हुन नपाउने सरकारको नीति आए पनि त्यसको खासै प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सबै राजनीतिक दलका कार्यकर्ता शिक्षक र विद्यार्थीहरु हुने भएकोले कार्यान्वयन हुन धेरै चुनौती रहेका छन् ।
बालअधिकार सम्बन्धी महासन्धि १९९८ ले बालबालिकाको सहभागिता गराउँदा उनीहरुको विचार, उमेर, क्षमता, जातीगत अवस्था, भौगोलिक अवस्थिति, सामाजिक तथा धार्मिक मूल्यमान्यतालाई ध्यानु दिनु पर्ने कुरा उल्लेख गरेको छ । साथै नेपालको संविधान २०७२ को मौलिम हक अन्तरगत कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै पनि किसिमको यातना दिन पाइने छैन भनी उल्लेख गरेको छ । बालबालिकाको उचित संरक्षण हुन नसके त्यसको मूल्य भावी समयमा समाज र देशले चुकाउनु पर्दछ । बालबलिका पनि भोलिका असल नेता बनाउन अहिले देखिनै असल ब्यवहार सिकाउन आवश्यक छ । जस्को उपर्युक्त स्थान विद्यालय नै हो । यसर्थ बालबालिकालाई शिक्षा आर्जन गर्नको लागि दलिय राजनीतिक गतिविधि तथा अन्य प्रतिकुल कार्यमा प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । बालबालिकालाई उनीहरुको दिर्घजीवनमा सकारात्मक प्रभाव पर्ने कार्यमा अभिभावक तथा बालबालिकाको पुर्व सहमतिको आधारमा कार्यक्रममा सहभागी गराउनु पर्दछ । सहभागी गराईका कतिपय कार्यका परिणामको बारेमा पुर्वजानकारी नहुनसक्छ । उनीहरूलाई आफ्नो अधिकार आफै संरक्षण र उपभोग गर्न सक्दैनन् । त्यसैले त्यसको संरक्षक,अभिभावक तथा सरकारले त्यसको उत्तरदायित्व लिनु पर्दछ । राजनीतिक चेतनामूलक जानकारी दिनु पर्यो भने उनीहरूको अभिभावकसँग पूर्वस्वीकृत लिएर मात्र बालबालिकाको हितमा सहभागी गराउन पाइन्छ ।
त्यसैले बालबालिका तथा विद्यालयलाई शान्तिक्षेत्र बनाउनु सबै राजनीतिक दल, गैसस, शिक्षक तथा जिम्मेबार निकाय लाग्न आवश्यक छ । जस्को फलस्वरुप समीक्षा जस्ता बालबालिकाले ज्यान गुमाउन नपरोस् । र्याली, सभा, सम्मेलन आदिमा बालबालिकालाई सहभागी गराउँदा उनीहरुको दिर्घजीवनमा नकारात्मक प्रभाव पर्ने क्षेत्रमा सहभागी नगराउने र बालबालिकाको जीवनमा सकारात्मक प्रभावहुने क्षेत्रमा बालबालिका तथा अभिभावकको पुर्वस्वीकृतीमा मात्र सहभागी गराउने नीति ल्याइ कार्यान्वयन गराए समीक्षाको आत्माले शान्ति पाउथ्यो । तर समीक्षाको मृत्यू हाम्रा लागि नजिरको रुपमा रहिरहने छ । उनको आत्माले शान्ति पाओस् ।cialis

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३