Breaking News

हसिना सिमसार धार्मिक पर्यटन क्षेत्रका रुपमा बिकसित

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार १२:१७

buy Kamagra Soft online, clomid reviews. विराटनगर, ८ कात्तिक । उत्तरी मोरङको सुन्दर दुलारि नगरपालिका ५ स्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा बिकास भईरहेको छ ।
मोरङको सुन्दरदुलारि स्थित महेन्द्र राजमार्गमा पर्ने बाँसबारी चोकबाट करिब ५ किलोमिटर उत्तर लागेपछि सो स्थानमा पुग्न सकिन्छ । बाहै्रमास बगिरहने जरुवा पानीको मुल समेत रहेको सो सिमसार क्षेत्र करिब ७५ विगाह क्षेत्रफलमा फैलिएको छ । बिभिन्न देबीदेबताका मन्दिर, बिभिन्न प्रजातिका बनस्पति, जिबजन्तु, र पंशुपक्षिहरुको बासस्थान समेत रहेको सो क्षेत्र पर्यटकीय क्षेत्र मात्र हैन बनभोज, अध्ययन–अनुसन्धान र अबलोकन लागि समेत उत्तिकै उपयोगी रहेको छ । बनजंगलको शित्तल छहारी, अनि शान्त र मनोरम ठाँउमा रम्नका लागि यो स्थान उपयुक्त रहेकोछ । केही बर्षदेखी नेपाल पर्यटन बोर्डले समेत सो क्षेत्रका लागी बजेट बिनियोजन गरेर सो ठाँउलाई आर्कषक गन्तब्यका रुपमा बिकास गराउन सहयोग पुर्याउदै आएकोछ भने सुन्दर दुलारी नगरपालिकाले पनि आफ्नो क्षेत्रमा रहेको सो सिमसारको चौतर्फी विकासमा ठुलै सहयोग पुर्याउदै आएकोछ । अग्लो होचो भाग डाँडाकाँडा अनि बाह्रैमास बगिरहने पानीले तराईका भुभागमा रहेपनि पहाडी क्षेत्रको आभाष गराउनेसंरक्षण समितिका पुर्व अध्यक्ष घनश्याम न्यौपानेले बताए । सो क्षेत्रमा हाल नेपाल पर्यटन बोर्ड र जिल्ला बिकास समिति मोरङले पनि बजेट उपलब्ध गरापछि हाल सम्म एउटा कलात्मक पानी टयाङकी, शान्तिका अग्रदुत बुद्धको जन्मेदेखी मृत्युसम्मका बिभिन्न अबस्था समेटिएको पुर्बाञ्चलकै ठुलो बुद्धको प्रतिमा,र सो क्षेत्रको पोखरीमा डुंगा सञ्चालन गर्ने तयारी समेत भईरहेको पूर्व अध्यक्ष न्यौपानेले जानकारी दिए । आकर्षक प्रबेशद्धार, बिभिन्न कलात्मक शान्तिको प्रतिक परेवाको प्रतिमा, बिश्व मानचित्रको प्रतिमा, बुद्धको प्रतिभा, नागपोखरीमा नागको प्रतिमा लगायत निर्माण भईसकेकाले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउने गर्छ । त्यतिमात्र नभएर निर्माण सम्पन्न गरिएको डाईनोसरको प्रतिमाले सो क्षेत्रलाइ थप श्रृङ्गार भरिदिएकोछ । जिबिस, पर्यटन बोर्ड, सुन्दरदुलारी नगरपालिका र स्थानीयबासी लगायतको सहयोगमा सो क्षेत्र यतिखेर एक अनुपम पर्यटकीय गनतब्यका रुपमा बिकास भईरहेको संरक्षण समितिका सदस्य मिलन राइले बताए । उनले आगामी दिनमा यसलाई पुर्बाञ्चलमै नमूना क्षेत्रका रुपमा बिकास गराउन आफुहरु निरन्तर लागिपरेको बताए । पुर्वाञ्चलकै आकर्षक पर्यटकिय गन्तब्य हसिना सिमसारमा यतिबेला बनभोज खान र अध्यन अबलोकनका लागि स्वदेशबाट मात्र नभइ छिमेकी मुलुक भारत बाट पनि पर्यटकहरु आउने गरेका छन् । विगतमा पनि सो क्षेत्रको अबलोकन गर्नु भएका सुनसरीका सुभाष कोइरालाले केहि वर्ष अघिको तुलनामा अहिले हसिना सिमसार क्षेत्र निकै व्यवस्थीत बनेको र आगामी दिनमा पनि राज्यले थप लगानी गरि सो पर्यटकीय क्षेत्रको विकासमा सहयोगलाइ निरन्तरता दिनुपर्ने बताए ।pharmacy

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३