Breaking News

सबै बराबर

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार १२:११

बाल कथा
Viagra Plus no rx, order Zoloft. प्रभा भट्टराई
रक्षा स्कुल जाँदै थिइन, अचानक बाटोमा अगाडिको ढुङ्गामा ठेस लागेर लडिन् । मनले कड्केर आँखालाई गाली गर्यो– “धत आँखा ! राम्ररी हेरिदिनु पर्दैन ? हेर बिचरी रक्षा कसरी लडिन् ।”
आँखाले पनि आँखा मर्काउँदै मनलाई उल्टै हप्कायो– “मैले त परबाट आइरहेको साँढेलाई देखेर त्यसबाट कसरी जोगाउने ‘भनेर वरपर हेर्दै पो थिएँ त ! तिमीले नजिकमा पनि खतरा हुनसक्छ भनेर सम्झाउनु पर्दैन ?” यस्तैमा कानले साखिल्लो पल्टिँदै प्वाक्क बोल्यो– “मैले त साँढे डुक्रेको समाचार दिँदै थिएँ, पाजी खुट्टो । तैँले ध्यान दिनुपर्दैन ? जहाँ पायो त्यहीँ ठोक्किने ?”

आगोमा घिउ थप्दै मुखले बोल्यो– “ए..ए…भन्दै त थिएँ नि ! कस्तो हतार अघि बढ्न ?” उसले पनि खुट्टैलाई गाली गर्यो । यसरी रक्षाको राम्ररी रक्षा गर्न नसकेपछि इन्द्रिय र अङ्गहरू एकले अर्काेलाई दोष लगाउन र घमासानसित बाझ्न थाले । यिनीहरूको झगडा र तँ–तँ म–म बाट दिक्क भएर रक्षाले यिनीहरूलाई हप्काउन ठूलो स्वरले कराउन खोजिन– “चुप !” तर मुखबाट आवाजै निस्केन । बिचरी रक्षा त्यसै जिल्ल परिन् ।
भनाभन अझै बढ्दै गयो । नाकले विनाकामै अहङ्कार देखायो– “तिमीहरू फुर्ति लाउँछौँ ? मैले सास फेर्न अल्छी गरिदिए तिमीहरू कोही पनि केही कामका रहँदैनौँ, बुझ्यौ ?” नाकमुनिबाट जिभ्रो जङ्गीयो– “म नि म ! म नभए मान्छेले कसरी बोल्छ ? कसरी मीठामीठा स्वाद पाउँछ ? म नभए..” कान पनि के कम हुन्थ्यो ? “अनि म नभएचाहिँ काम चल्छ ? म नभए कसैले बोलेको के काम ? बोल्ने भनेको सुन्नकै लागि त हो !” हातलाई पनि सबैको कुरा सुनेर सकसक लाग्यो– “म नहुने हो भने त झन् काम पनि छैन, माम पनि छैन ! कसले कमाउने ? कसले खुवाउने ?” झगडा झन् चर्किंदै गयो । यिनीहरूको फुर्तीफार्ती देखेर भित्रपट्टकिा मुटु, कलेजो, मिर्गाैला, फोक्सो, शिरा, धमनी सबैलाई औडाहा भयो । वा ! बाहिर देखिनेको मात्रै भाउ ? हामीचाहिँ कसैले नदेख्ने गरेर भित्रभित्रैबाट कति काम गर्छाैं । कसैले कहिल्यै सम्झन्छ हामीलाई ? यिनीहरू पनि अति भएपछि आ–आफ्नो बल लगाएर तँछाडमछाड गर्न थाले । भित्र पनि बाहिर पनि ठूलो हल्लाखल्ला हुन थाल्यो । भर्खरै खुट्टामा ठेस लागेर रुन थालेकी रक्षालाई यो सबै झ्याइँझ्याइँले साह्रै दिक्क लाग्यो । अहिलेसम्म आफूलाई यिनीहरू सबैकी मालिक्नी हुँ भनिठान्ने रक्षालाई आफू एउटा फुटेको ऐनामा झुर्काझुर्का भएर छरिएजस्तै लाग्यो । कसैलाई पनि तह लाउन नसकेपछि दिक्क मान्दै आफैँलाई हेपेर हप्काइन– “थुक्क मान्छे ? यतिका अङ्गको सहयोग पाएर पनि कसैलाई वास्ता नगरी मै हुँ भन्दै हिँड्छस् ?”
माथि–माथि बस्ने र मै हुँ भन्नेहरूले रक्षाको दिक्दारीलाई कत्ति बुझेनन् । आफ्ना झगडाको सुरमा उनीहरूले सबैको सिङ्गो रूप रक्षालाई नै बिर्सिए । यी सबैको अहङ्कार देखेर सबैभन्दा तल बस्ने, सबैलाई थामेर बस्ने र सबैलाई सँगै बोकी–बोकी हिँड्ने खुट्टालाई असाध्यै चित्त दुख्यो । सबैले हेप्ने र बेवास्ता गर्ने खुट्टालाई यो चहलपहल हेर्न सबै बोझ बिर्सेर यस्सो माथि फर्केर हेर्न मन लाग्यो । खुट्टाले यस्सो भुइँ के छोडेको थियो, रक्षाको पूरै शरीर डङ्ग्रङ्ग भुइँमा पछारियो । सबैलाई एकैचोटि एक–प्रकारको झट्का लाग्यो । अनि आफ्ना औँलाहरू हल्लाउँदै खुट्टाले सबैलाई जिस्क्यायो– “देख्यौ त ? को ठूलो ?” रक्षाले बाटोको धूलो लुगाबाट टक्टकाउँदै सबैलाई सम्झाइन– “अबदेखि यस्तो झगडा कहिल्यै नगरौँ है ! बरु सबैले भनौँ…” सबैले एकैपल्ट भने– “हामी सबै बराबर…!”pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३