Breaking News

लथालिंग सामुदायिक विद्यालय

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार १२:०९

रमेशप्रसाद गौतम Cialis no rx. Cialis online, buy zithromax online.
सामुदायिक विद्यालयमा कतिपय सुविधा हुँदाहुँदै पनि विद्यार्थी सुक्दै गएका छन । अर्कातर्फ निजी विद्यालयमा भने भर्नाको चाप बढ्दै गएको देखिन्छ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुनुका कारणले निजी स्रोतको विद्यालय मौलाउँदै गएका छन् र शुल्क मनपरी उठाउन सकिरहेका छन । यसले गर्दा अभिभावकमा आर्थिक बोझ थपिएको छ । मध्यम र निम्न मध्यम वर्गलाई त यसले झनै पीडा थपिदिएको छ । सामुदायिक विद्यालयको एसएलसी नतिजा सन्तोषजनक छैन । त्यहाँको कक्षाकोठा, शौचालय, बस्ने बेञ्च—डेक्सहरूसमेत अव्यवस्थित हुनेहुँदा केटाकेटीको रुची कम हुँदै गएको मान्न सकिन्छ । यस्तै अवस्थाले गर्दा सार्वजनिक शिक्षालाई धराशायी हुँदैछ । विगत केही वर्षयता राजनीतिक नेता लगायत निजी क्षेत्र मोर्चाबद्ध भएर शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील विषयलाई सरकारी दायित्वबाट निजी क्षेत्रतर्फ उन्मुख गराउन खोजिँदैछ । आर्थिक प्रलोभनबाट कतिपय शिक्षण संस्थाहरू अनुमति वा सम्बन्धन दिने काम भइरहेको चर्चा बाहिर आइनै रहेको छ । सामुदायिक विद्यालयमा भर्ना वृद्धि गराउन सरकारी तर्फबाट प्रयत्न गरिए तापनि खासै प्रभावकारी बन्नसकेको छैन ।
सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरमा कमी आएको गुनासोले गर्दा नै भर्ना न्युन हुँदै आएको छ । सामुदायिक विद्यालयको गुणस्तरोन्नतिका नाममा दातृनिकायहरूबाट ठूलो रकम आइनै रहेको छ र सरकारले पनि राष्ट्रिय बजेटको झन्डै २० प्रतिशत रकम सामुदायिक विद्यालयहरूमा अनुदानका रूपमा निकासा गर्दै आएको छ । तर पनि सामुदायिक विद्यालयको शैक्षिक स्तर गिर्दाे छ । विद्यार्थी संख्या दिनानु दिन घट्दैछ। राज्यको यत्रो लगानी ह्रासोन्मुख हुनु दुःखद पक्ष हो । केही वर्ष अघिसम्म सामुदायिक विद्यालयहरूमा स्थानीय विद्यार्थीको संख्या बढी देखिन्थ्यो भने अहिलेचाहिँ सहरी क्षेत्रको विद्यालयमा स्थानीय विद्यार्थी प्रायः शून्यमा झरेको छ । यहाँका व्यवस्थापन समितिमा स्थानीय समुदायको खासै चासो पनि रहँदैन । उनीहरूले अफ्ना छोराछोरीलाई निजी विद्यालयमा भर्ना गर्छन । आफ्ना केटाकेटी नपढ्ने भए पनि आफूचाहिँ व्यवस्थापन समितिमा बस्न चाहन्छन ।
प्रत्येक अभिभावकले आफ्ना छोराछोरी असल मान्छे बनाउन चाहने हो भने विद्यालय भर्नादेखि नै ख्याल गर्नुपर्छ । बालबालिकाको चाहना अनुसारको विद्यालय भर्ना र रुचि अनुसारको विषय छनोट गर्न उनीहरूलाई नै पूर्ण स्वतन्त्रता दिनुपर्छ । प्रारम्भिक शिक्षाबाटै जग बस्ने भएकाले यो अवस्थादेखि नै रुचिअनुसार अध्ययन गर्ने वातावरण बनाइदिनुपर्छ । अभिभावकले आरम्भदेखि नै आफ्ना बच्चामाथि लाद्ने प्रवृत्ति छाड्नुपर्छ । गुणस्तरीय शिक्षाका लागि निजी विद्यालय प्रत्येक अभिभावकको चाहना बन्दै आएको छ । तर यी विद्यालयहरूले चर्काे शुल्क असुल्दै आएका छन । हरेक वर्ष शुल्क वृद्धिको मार अभिभावकले खेप्नुपरेको छ ।
अहिले निजी क्षेत्रको शिक्षा निक्कै महँगो बन्दै आएको छ । यसको मार हरेक वर्ष अभिभावकमा पर्न गएको छ । धेरै अभिभावक निजी विद्यालयले फैलाएको गुणस्तरीय शिक्षाको हावामा बत्तासिरहेका छन । जीवनयापनका लागि अंग्रेजी माध्यमका विद्यालय निजी विद्यालयमा नै अंग्रेजी राम्रो हुने र विदेश पठाउन पाइने लोभमा निजी विद्यालयप्रति आकर्षित हुने गर्छन । यसैको फाइदा लिँदै २ वर्षसम्म शुल्क वृद्धि नगर्न सर्वाेच्चले दिएको आदेशसमेत अवज्ञा गर्दै विद्यार्थी भर्ना शुल्क असुल्ने काम गरिरहेका छन । सर्वसाधारण जनताले महँगा विद्यालय आफ्ना छोराछोरीलाई भर्ना गराउन सक्तैनन ।
शिक्षा लगायत हरेक क्षेत्रको बेथितिले गर्दा सर्वसाधारण जनताले राज्य नै नभएको अनुभूति गर्नथालेका छन । यस्तो गतिछाडा अवस्थाले कसरी समृद्ध नेपालको कल्पना गर्ने ? शिक्षामा जसलाई जे मन लाग्छ, त्यही गर्ने नीति र निर्णय गर्दै आएका छन । शिक्षाजस्तो पवित्र क्षेत्र जहाँबाट कमाउने र विद्यार्थीमाथि बोझ थोपर्ने शिक्षाद्रोहीलाई नै कारवाही गर्न नसकिने स्थितिमा कसरी असल र सुयोग्य नागरिकको परिकल्पना गर्ने ? अहिले शिक्षा क्षेत्रको आरम्भदेखि नै शिक्षा सेवामुखी हो भन्ने ठाउँमा नाफामुखी वा व्यापारी हो भन्नेको जमात बढी हुँदैछ । राज्य स्वयम्ले शिक्षालाई कम्पनी ऐनमा लगेर व्यापारी बनाएको छ ।

पटक—पटक बेलगामका निर्णयहरू गरेर शिक्षालाई अन्योलतर्फ धकेलेको छ । विद्यार्थीको भर्ना र मासिक शैक्षिक शुल्क निर्धारणमा अभिभावक, शिक्षक र विद्यार्थीलाई सम्लग्न गराइँदैन । नेपाल सरकारले शिक्षा व्यवस्थाबारे बहस, छलफल नै गराएको देखिँदैन। सामुदायिक विद्यालयका शिक्षकहरू आफ्नो विद्यालयमा अरुको बच्चाको जिम्मा लिने तर आफ्ना बच्चाको भविष्य आफूले पढाउने विद्यालयमा नदेख्ने जस्ता जटिल समस्या रहुन्जेल सामुदायिक विद्यालयको लथालिंगे चाला सुध्रने छैन ।dapoxetine

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३