प्रकाशित : ७ कार्तिक २०७४, मंगलवार १५:०३


काठमाण्डौं, ७ कात्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार उपसूचक थप गर्ने भएको छ। हाल बिकास बैंक समुह अन्तर्गत मापन हुँदै आएको लघुबीत्तहरुको छुट्टै सूचक आउँदो साताबाट प्रयोगमा ल्याउने नेप्से प्रबक्ता मुराहरि पराजुलीले जानकारि दिए। नेप्से महाप्रवन्धकमा चन्द्रसिहं साउद नियुक्त भए लगत्तै असोज २९ गते छुट्टै उपसूचक बनाउने निर्णय गरेका थिए। त्यस अनुरुप अहिले आन्तरिक परिक्षण भैरहेको पराजुलीले बताए। हाल नेप्सेमा १९६ कम्पनी सूचीकृत छन्। कम्पनीको प्रकृति अनुसार १३ वटा उपसूचकमा तिनीहरुको कारोबार मापन गर्ने गरिएको छ। अहिले विकास बैंक समुहमा ७१ कम्पनी रहेका छन्। जसमा ३८ वटा ख बर्गका विकास बैंक रहेका छन् भने ३३ वटा घ बर्गका लघुवित्त कम्पनी सुचिकृत छन्। अब ३३ वटा लघुवित्तको कारोबार छुट्टै समुह अन्तर्गत मापन हुन लागेको हो। Viagra Gold buy online, buy lioresal online. pharmacy