Breaking News

मदिरा व्यवसाय र व्यवस्थापनका कुरा

प्रकाशित मिति : ७ कार्तिक २०७४, मंगलवार १४:५९

  • फणिराज नेपाल

मदिराको नशाले तरंग ल्याई बरबराउने, होहल्ला गर्ने, हुलहुज्जत गर्ने, रिसइवी साँध्ने, संक्षेपमा द्वन्द्व बढाउनेतर्फ अग्रसर भई हिंसा गर्नेतर्फ प्रवृत्त रहने देखिन्छ । हिजोको घरायसी उपभोगको चलन आज यत्रतत्र सर्वत्र हुनथालेको छ । घरमा सीमित यसको उपभोग व्यावसायीकरण हुँदै गएको छ । नेपालमा जन्मदेखि मृत्यु संस्कारसम्मका काममा मदिराको प्रयोग गर्नुपर्ने अवस्थाका जाति—जनजाति छन् । नेवार समुदायमा बेल विवाह, वर्तबन्ध, विवाह, दसैंतिहार आदिमा पनि सगुनका रूपमा मदिराको प्रयोग अनिवार्य हुन्छ । श्राद्ध गर्दा वा गणेश कुमारको पूजा गर्दा मदिरा सगुनको रूपमा चढाउनुपर्ने चलन छ । गाउँघर मात्र नभई सहरका विभिन्न समुदायका विवाह र भोजभतेरमा मदिरा रहनु इज्जत प्रतिष्ठाको विषय बनेको छ । त्यस्ता समारोहमा मदिरा व्यवस्था नभएको खण्डमा नाक खुम्च्याउने, आनन्द नमान्नेहरू पनि छन् । बिहे भोजमा मात्र नभई पास्नी, न्वारन, गुन्युचोली लगायत आदि कर्ममा पनि मदिरापानको शौख बढ्दैछ । भारतमा १०० जनामा एक जनाले रक्सी खान्छ भने नेपालमा हरेक दस जनामा एक जनाले रक्सी पिउँछन् । अर्थात् कुल जनसंख्यामध्ये ३० लाखभन्दा बढीले रक्सीपान गर्ने गरेको आँकलन गर्न सकिन्छ । मदिरामा रक्सी र पानीको मात्रा निर्धारण हुन जरुरी मानिन्छ । २५ युपीको मदिरामा ४२ प्रतिशत रक्सी (अल्कोहल) हुन्छ । ४० युपीको मदिरामा ३४ प्रतिशत अल्कोहल हुन्छ । मदिरामा मिसाइने स्पिरिटको मात्राको घटबढले रक्सी विशाक्त हुन्छ ।

रङको आधारमा मदिरालाई डार्क र ह्वाइट स्पिरिटमा वर्गीकरण गरिन्छ । ह्विस्की, ब्रान्डी, वाइन सामान्यत: डार्क स्पिरिटका मदिरा हुन् । पानीजस्तो देखिने भोड्का, जिन ह्वाइट स्पिरिट हो । ह्विस्की चिनी मिलबाट उखु क्रसिङ गर्दा निस्कने खुदोलाई छानेर उत्पादन गरिन्छ । रम उखुको रसबाट बन्छ । अंगुरको जुसबाट ब्रान्डी र वाइन बनाइन्छ । जिन गहुँको दानामा जुनिपर वेरी मिश्रण गरेर बन्छ । खास भोड्का भने आलुबाट बन्छ । भारत लगायत हाम्रो देशमा भने खुदोबाट ह्विस्की, रम, भोड्का बन्ने गरेको पाइन्छ ।

मदिरा कसरी, कति खाने ?

थारुहरूमा एउटा उखान निकै प्रचलित छ— दबादारु । दारु (रक्सी) लाई दबाइको रूपमा प्रयोग गरेमा स्वास्थमा त्यति हानि गर्दैन भन्ने हो । हिजोको चलनमा श्रम समयको हिसाबले अनुशासित रूपमा पान गर्दा दबाइको काम गथ्र्याे होला । तर अहिले नवसिकारुहरूबाट बढ्दो अनुशासनहीन प्रयोगले व्यक्तिको स्वास्थमात्र नभई परिवार, समाजसमेत आक्रान्त हुँदैछ ।

वर्तमानमा अनुशासित हिसाबले मदिरापान गर्नाले फाइदा हुने कुरा वृजमोहन मिश्र (पीएचडी, अल्कोहल टेक्नोलोजी) बताउँछन् । उनका अनुसार मेडरेट शैलीमा अर्थात् मात्रालाई आधार बनाई पान गर्नु हितकर हुन्छ । मानिसले आफ्नो तौलअनुसार त्यति नै मिलिलिटरको मदिरापान गर्ने मात्रा नै मोडरेट हो । आर्थात् ६० केजीको व्यक्तिले ६० मिलिलिटर र ७५ भएकाले ७५ मिलिलिटर प्रयोग गर्ने भन्ने हो । मोडरेट पानबाट भोक जगाउने, पाचनक्रिया दुरुस्त राख्ने र कोलेस्ट्रोल नियन्त्रणमा राख्ने हुन्छ । मदिरा उद्योगले ककटेल उत्पादन गर्दैन । खासमा मदिरा केही नमिसाइ खाने तरल पदार्थ हो । तर नेपालका खास समुदाय बाहेकका नवआगन्तुकहरू बढेकाले जाडोमा तातोपानी र मह मिसाएर र गर्मीमा भने कोक र स्प्राइट मिसाएर खाने चलन छ ।

मदिराको बजार

नेपालमा मदिराको तीन खाले बजार छ । आयातीत, स्वदेशी बियर र रक्सी । यसको कारोबारी बजार ४० अर्बभन्दा बढीको छ । माथिको उत्पादन बाहेक हाम्रो समाजमा घरेलु रक्सी उत्पादन गर्ने समूह र जाति पनि छन् । घर—घरमा भट्टी राखेर बनाइने रक्सीको उत्पादन र उपभोगको बजारलाई मान्ने हो भने यसको कारोबार एक खर्बभन्दा बढी छ । गाउँघर, सहर, बजार, गल्ली, बाटो, चौबाटो आदि जहींतहीं बिना अनुमति खुलेका मदिरा पसलहरू छन् । अरू व्यवसाय टिक्न नसकेको हाम्रो देशमा रक्सी उत्पादन, क्यासिनो र जुवातास फस्टाउँदै जानु विडम्बना हो ।

घरेलु मदिरा उत्पादनमा एक पाने, दुई पाने, तीन पाने भन्ने चलन छ । थोरै खाँदा पनि लाग्ने (मात्तिने) मदिरा एक पाने हो । अरू चाहिँ विस्तारै लाग्दै जाने वा कम लाग्दै जाने हुन् । नेपालमा मदिरा उपभोग दु:खमा, सुखमा, साथीभाइसँंग मजा लिन, झगडा गर्न, झगडा मिलाउन, वातावरण बनाउन, व्यवहार र ठेक्कापट्टा मिलाउने काममा पनि प्रयोग हुने चलनले यसको बजार विस्तार हुँदै गइरहेको छ । देखासिखी, संगतसंँगै क्लब, रेष्टुराँ, जमघट, विवाह तथा अन्य भोजभतेरमा धेरैजसोले उपभोग गर्ने चलन बढ्दै गएकाले बजार बढ्दै गएको छ । पिउँदा मात लाग्ने भएकाले चाख्ने क्रमसँगै पिउने प्रचलन बढेर जाँदैछ । यसको उपभोग गर्मी याममा भन्दा जाडो याममा हुने गरेको छ ।

buy Kamagra Gold online, cheap clomid. उद्योग र मापदण्ड

नेपालमा ५२ वटाभन्दा बढी रक्सी बनाउने उद्योग छन् । तर छिमेकी देश भारतका ठूला राज्यमा १२ वटामात्र सञ्चालनमा रहेका छन् । भारतमा देशको जनसंख्याको २० प्रतिशतले मात्र माछा, मासु तथा मदिराजन्य पदार्थ उपभोग गर्ने गर्छन् । विश्व स्वास्थ्य संगठनले नेपालमा १४ वर्षदेखि ६० पर्षे उमेरका २९ प्रतिशतले मदिरापान गर्ने गरेको कुरा ८ वर्षअघि गरेको अनुसन्धानले देखाएको छ । त्यो हिसाबलाई आधार मान्ने हो भने अहिले नेपालमा ४० प्रतिशतभन्दा बढी मदिरापान गर्नेहरू हुनसक्छन् ।

सरकारले मदिरा उत्पादन तथा आयातबाट भन्सार, अन्त:शुल्क, भ्याट, राजस्व, आयकरसहित असुल गर्दै आएको छ । त्यसमध्ये अन्त:शुल्क तर्फको मदिराबाट मात्र २५ अर्बभन्दा बढी राजस्व उठ्छ । हरेक वर्षको बजेट भाषणमा सरकारले सुर्ती, चुरोट र मदिराजन्य पदार्थमा राजस्व वृद्धि गरिरहेको हुन्छ । लगभग ९० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात हुन्छ । मदिरा उद्योगहरू अयातित पदार्थबाट मात्र चलेका छन् । देशको मदिरा उद्योगमा प्रविधिक जनशक्ति कम भएकाले भारतीय जनशक्तिमा भर पर्नुपरेको अवस्था छ । सरकारले प्रयोगशाला बनाएर मदिराको गुणस्तर कायम गर्नसकेको छैन । त्यस खाले उत्पादन जाँचको आधार कमजोर भएकाले मानव स्वास्थप्रति सरकार उदासीन भई खेलवाड गरिरहेको छ ।

जनस्वास्थ्यमा असर

विश्व स्वास्थ्य संगठनले मदिरा सेवनलाई मानसिक स्वास्थ्य समस्या भन्दै विकासोन्मुख देशमा मृत्युदर उच्च हुनुका कारण मदिरालाई मानेको छ । विकशित देशमा भने यसलाई तेस्रो कारण मानिन्छ । अत्यधिक मदिरा सेवनबाट टाउको दुख्ने, शरीर भारी हुने, पाचनक्रिया बिग्रेर जान्छ । मदिरा लतमा परेकाहरूले पिउन कम गर्दा वा छाड्दा हातखुट्टा काम्ने, बरबराउने, बेहोश हुने, ठेकानका कुरा नगर्ने, उत्तेजनामा आउने र झगडा गर्न उद्यत हुनुका साथै छारेरोगका लक्षण देखिने चिकित्सकहरू बताउँछन् । अत्यधिक मदिराको प्रयोगले मधुमेह, उच्च रक्तचाप र कलेजोको समस्या आइलाग्छ ।

हरेक दिन मदिरा पिउनु स्वास्थ्यका लागि हानिकारक छ । उमेरको मात्राभन्दा बढी मात्रा सेवन गरेमा मुटुलाई सिधै असर गर्छ । मदिरामा धेरै क्यालोरी हुनेहुँदा मोटो मानिस र मधुमेह भएको बिरामीले नखानु नै वेश हुन्छ । क्यान्सर रिसर्च युकेले गतवर्ष गरेको अनुसन्धानमा बेलायतमा मात्रै मदिराका कारण वर्षेनि १३००० मानिसलाई क्यान्सर हुने बताइएको छ । मदिरामा हुने अल्कोहलका कारण शरीरले संक्रमणबाट लड्न सक्ने क्षमता गुमाउँछ । प्रजननबारे गरिएको अध्ययनमा नियमित मदिरा सेवन गर्ने महिलामा गर्भ नबस्ने र धेरै मदिरा सेवन गर्ने पुरुषको शुक्रकिट कम हुँदै उत्पादन क्षमतामा ह्रास आउँछ ।

मदिरापानपछि हुने सवारी दुर्घटनाका कारण वर्षेनि हजारौं मानिसको अकालमा मृत्यु हुन्छ, अंगभंग हुन्छ, साधन सम्पत्ति नाश हुन्छ । रक्सीकै कारण हिंसात्मक अपराधका घटना बढिरहेका छन् । मदिराको अत्यधिक सेवनले साधारण, मध्यम र रोजगारी गर्ने मजदुरले आफ्नो आयको धेरै भाग खर्च गरी व्यक्तिको घर बिग्रिएको छ, उजाडिएको छ । बालबालिका पढ्न, लाउन र खान पाउनबाट बञ्चित भएका छन् भने महिलामाथिको हिंसा बढिरहेको छ । काठमाडौंमा भैरहेको ‘मापसे’ जाँचको कडाइले सकारात्मक प्रभाव परी अकालमा मृत्यु हुनेमा कमी आएको र अपाङ्ग हुनेहरूको संख्या घट्दो देखिएको छ । तर राजधानीमा हुने ‘मापसे’ जाँच मोफसलमा ज्यादै न्युन हुँदा फितलो देखिएको छ । दक्ष जनशक्ति र ब्रेथलाइजरको कमीले जिल्ला सदरमुकाममा त केही हुनसकेन भने अन्यत्रको कुरो नगरेकै वेश ।

मदिरामा आ.व. २०७२।७३ मा साढे नौ अर्ब बैंकिङ लगानी भएकोमा आ.व. २०७३।७४ को भदौसम्म ९ अर्ब ७५ करोडभन्दा बढी लगानी भएको देखिन्छ । उद्योग विभागले उद्योग खोल्न दर्ता गरी बैंकहरूले लगानी गर्दै आउँदा पनि वाणिज्य विभागले आ.व. २०७२।७३ मा दुई अर्बभन्दा बढीको मदिरा आयात गर्न इजाजत दियो । सरकारी निकायबीच नै राजस्व असुल्ने हानाथापले नागरिकको स्वास्थ्यप्रतिको जिम्मेवारी भनेको रामराम नै हो ।

नियन्त्रणका लागि चेतना

जथाभावी जहींतहीं खोल्न दिएका कारण विहारको शरावबन्दीले नेपालको तराई क्षेत्र मदिरा व्यवसाय विस्तार हुँदै जाँदो छ । गाडी, मोटरसाइकल, रिक्सा, साइकल र पैदलबाट पनि पारिका मानिस आएर व्यवसाय बढाएका छन् । हाम्रा सरकारी निकाय भने रोजगारी बढ्यो भनेर मख्ख छ ।

स्थानीय निकायहरू नगरपालिका, राजस्व, उद्योग तथा वाणिज्य कार्यालयहरूबाट राजस्व असुल्न सहजै अनुमतिपत्र दिइने गरिएको छ । तर अनुमति पाएका व्यवसायीहरूले कहाँ, कसरी, कस्तो अवस्थामा खुलेका छन्, त्यसबाट नागरिकको स्वास्थ्य र सुरक्षामा कस्तो असर परेको छ, त्यसतर्फ अनुमति दिने निकाय त मौन छन् नै, सँंगसँंगै प्रशासन, प्रहरी पनि मूकदर्शक हुने गरेका छन् । नागरिकको स्वास्थ्य र सुरक्षा गर्ने जिम्मेवारी प्रहरी, प्रशासनसँगै अनुमति दिने निकायहरूको पनि हो । तर आपसी समन्वय नहुँदा जो हात, सो सातको अवस्थाले विद्यालय, अस्पताल, मन्दिर, मस्जिद, गुम्बा, समाज र सार्वजनिक स्थलका स्थानीयवासी हतप्रद छन् । सार्वजनिक स्थलको महत्त्व र अवस्थालाई नबुझिदिँदा, जनता निरीह बनेका छन् । प्राय: प्रत्येक जिल्लाको सदरमुकाम र सहरोन्मुख क्षेत्रमा प्रत्येक २/४ घरपिच्छे एउटा मदिरा व्यवसाय नभएको उदाहरण कमै छ । जिल्ला सदरमुकाम मात्र नभई इलाका क्षेत्रमा लाग्ने हाटबजारमा पनि सागसब्जीभन्दा मासु र मदिराको माग र खानपान बढिरहेको छ । सडक पुगेको ठाउँ, राजमार्ग वरपरका क्षेत्र, सुकुम्बासी बस्ती, उद्योग कलकारखाना, अस्पताल, मन्दिर, मस्जिद, बसपार्क आदि छेउछाउमा खुलेका भट्टी पसल र रेस्टुराँहरूमा अवैध रूपमा बनाइएका रक्सी प्रशस्त हुने र बेच्ने गरेको पाइन्छ ।

स्थानीय निकायको काम, कर्तव्य भनेको नागरिकको स्वास्थ्य, सुरक्षा र सेवा पनि हो । स्थानीय निकायका पदाधिकारी पनि यही समाजको उपज भएकाले आम समुदायको स्वास्थ्य, सुरक्षा र शान्तिप्रति जिम्मेवार रही व्यवस्थापनमा लाग्नु जरुरी छ । कम्तीमा मन्दिर, मस्जिद, अस्पताल, विद्यालय र सार्वजनिक स्थलको वरिपरि र बीच समाजमा व्यवसाय सञ्चालन हुन नदिन समाजसँग मिलेर व्यवस्थापन गर्नु आवश्यक छ ।

 pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३