Breaking News

मोरङमा ‘माछा जोन’ कार्यक्रम शुरु

प्रकाशित मिति : ७ कार्तिक २०७४, मंगलवार १३:१८

मोरङ जिल्लालाई माछामा आत्मनिर्भर बनाउनका लागि चालु आर्थिक वर्षदेखि एक नगरपालिका र ३ वटा गाविसमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना शुरु गरिएको छ । १० वर्ष सम्म चल्ने परियोजनाका लागि चालु आर्थिक वर्षमा मात्र २० करोड रकम विनियोजन गरिएको छ । सरकारले बजेटमार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनको घोषणा गरेसँगै कृषि विकास मन्त्रालयले परियोजना अन्र्तगत देशभरि सञ्चालित परियोजनाका लागि १० वर्षमा १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गर्ने गरी कार्ययोजना समेत बनाएको छ । खाद्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्य सहित परियोजना अन्र्तगत कृषि उत्पादन बढाउन देशभरिमा १० हेक्टरका २ हजार १ सय नयाँ पकेट क्षेत्र, १ सय ५० वटा ब्लक, ५ सय हेक्टरका ३० वटा जोन र १ हजार हेक्टरका ७ वटा सुपर जोन निर्माण गर्ने लक्ष्य रहेको छ । मोरङमा शुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको विषयमा केन्द्रित रहेर मोरङका परियोजना प्रमुख तथा बरिष्ठ कृषि अधिकृत प्रमोदकुमार रिजालसँग न्यू सृष्टि दैनिकले गरेको कुराकानीको सार ः

  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कस्तो खालको कार्यक्रम हो ?
    यो परियोजना भनेको नयाँ कार्यक्रम यो । सरकार वजेट मार्फत हालै ल्याएको परियोजना हो । प्रादेशिक संरचना अनुसार ल्याईएको कार्यक्रम हो । कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले प्रादेशिक संरचना अनुसार कार्यक्रम लागु भएको छ । हरेक ठाउँमा एक बाली पर्नेगरि कार्यक्रम शुरु गरिएको हो । दिगो आर्थिक विकास गरि कृषिलाई नाफामुखी बनाउँदै लैजाने लक्ष्य सहित कार्यक्रम शुरु गरिएको छ । यो कार्यक्रम जिल्ला कृषि विकाय कायाएलयको कार्यक्रम पनि हैन । धेरैलाई जिल्ला कृषि विकास कार्यालयको कार्यक्रम भन्नेपनि लागेको छ । यसमा उहाँहरुले समन्वय मात्र गर्नु भएको छ । यसका लागि कार्यालय नै छुट्टै रहने छ । यसको व्यवस्थापनको तयारी भईरहेको छ ।
  • Sildalis for sale, acquire Zoloft.

  • परियोजना अन्र्तगत मोरङका कुन–कुन क्षेत्रमा कार्यक्रम शुरु गरिएको छ ?
    परियोजना अन्तर्गत मोरङ जिल्लालाई माछामा आत्मनिर्भर बनाउन माछा जोन कार्यक्रम संचालनमा ल्याइएको छ । जिल्लामा माछा उत्तपादनका लागी संभाव्यता अध्ययन गरेर जोन संचालनमा ल्याइएको हो । यसका लागि रंगेली नगरपालिका, कटहरी, ववियाविर्ता र सोराभाग गाविस रहेका छन् । यस कार्यक्रम अन्र्तगत जिल्लामा हाल रहेकामा थप ५ सय हेक्टर माछा पोखरी थप हुुने भएका छन । अहिले मोरङमा ६ सय हेक्टर जग्गामा पोखरी खनिएका छन । कार्यक्रम अन्र्तगत पोखरी खन्नदेखी प्रशोधनकेन्द्र स्थापनाका लागी समेत अनुुदान दिइने छ ।
  • कार्यक्षेत्र कसरी छनौट गरियो ?
    जिल्ला कृषि विकास कार्यालय मोरङले नै गाविस छनौट गरेको हो । विभिन्न प्राथमिकताको आधारमा छनौट भएका नगरपालिका तथा गाविसहरुमा परियोजना सञ्चालन गर्न लागिएको हो । विभिन्न आधारका आधारमा गाविस तथा नगरपालिका छनौट भएको हुन सक्छ । यसमा हामीले छनौट गरेका हैन । छनौट भएका क्षेत्रमा परियोजना सञ्चालन गर्न लागिएको हो ।
  • कार्यक्रम अन्र्तगत वार्षिक वजेट कति छ ?
    एक नगरपालिका र ३ वटा गाविसको लागि परियोजना अन्र्तगत २० करोड वजेट विनियोजन भएको छ । यो वजेट चालु आर्थिक वर्षमा खर्च नभएपनि फिर्ता हुने छैन । आगामी आर्थिक वर्षमा पनि यही वजेटलाई निरन्तरता दिईने छ । यो वजेटले पोखरीको पुन निर्माण, नयाँ पोखरीको निर्माण, प्रशोधन केन्द्र, कृषि यान्त्रीकरणहरु, प्रयोगशाला लगायतका सेवाहरुमा खर्च गरिने छ ।
  • परियोजना कति वर्ष सम्म चल्ने छ ?
    १० वर्षसम्म परियोजना सञ्चालन गरिने छ । खाद्यसुरक्षा सुनिश्चित गर्ने लक्ष्यसहित परियोजना सञ्चालन गर्न लागिएकाले यसको अवधी पनि एक दशकको छ । ब्लक, जोन र सुपरजोन क्षेत्रलाई लक्षित गरेर यान्त्रिकरण र व्यवसायिकरणको क्षेत्रमा १० वर्ष सम्म काम गरिने छ । दीर्घकालीन रूपमा सञ्चालन हुने परियोजना अन्र्तगत कृषिको उत्पादन, यान्त्रीकरण, बजारीकरण, सिँचाइ, प्रशोधन, कृषि शिक्षा, रोग किरा नियन्त्रणलगायतलाई प्राथमिकतामा राखिएको छ । कार्यक्रम अन्र्तगत मोरङमा ६५ पकेट क्षेत्र तथा १५ सय व्लक वनाएर माछा पालन संचालनमा आउने छ । तीनवर्ष भित्र मुुलुुकलाई माछामा आत्म निर्भर वनाउन कार्यक्रम ल्याइएको छ । प्रादेशिक संरचना अनुुसार वाली छनोट गरेर परियोजना संचालनमा ल्याइएको हो । मोरङ जिल्ला माछा उत्पादनका लागी उपयुुक्त भएकाले जिल्ला विकास कार्यालयले माछा जोन छनोट गरेको हो । जिल्ला कृषि विकास कार्यालयले छनौट गरेको गाविसमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना शुरु गरिएको हो ।

fluoxetine

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३