Breaking News

विपद् जोखिम न्यूनीकरणमा बालसाझेदारी

प्रकाशित मिति : ७ कार्तिक २०७४, मंगलवार १३:१४

  • प्रमिल अधिकारी
    विपद् आएको बेलमा त्यसबाट बच्न बालबालिकाको केही भूमिका हुदैन भन्नु गलत रहेछ । मल्दिभ्सको समुन्द्रतटको एक गाउँमा एकजना बालकले सुनामीबाट गाउँलाई नै बचाएका थिए । सुनामी आउने बेलामा सुमुन्द्र शान्त हुने,हावा नचल्ने र छालहरु पनि नआउने हुन्छ भन्ने कुरा हजुरबुबाले भनेको जस्तै दृष्य ती बालकले समुन्द्रमा देखें । त्यो खबर गाउँमा पुर्याउँदा सबैजना सुनामी आउनु अघि गाउँबाट भागेका थिए । नभन्दै केही समय पछि सुनामी आयो । त्यस सुनामीबाट गाउँका सबै मानिस बाचेका थिए ।
    हाम्रो नेपालमा सुनामी त आउदैंन तर विभिन्न समयमा विपद् जोखिम आइरहेको हुन्छ । विपद्जोखिमले विशेष गरी बालबालिका,अपाङ्गता भएका मानिस, वृद्धवृद्धा,गर्भवती महिलालाई प्रभावित पार्छ । बालमनोविज्ञान तथा शारीरिक अवस्थाको कारण बालबालिका झन जोखिममा हुन्छन् । त्यसैले विपद् पुर्व,आएको अवस्थामा र पछि बालमैत्री विपद् ब्यवस्थापनको आवश्यकता पर्दछ । हालको अवस्थामा बालबालिकालाई विपद् ब्यवस्थापनमा उनीहरुको सहभागिता नभएको कारण बालबालिकालाई प्रत्यक्ष प्रभाव परेको पाइन्छ ।
    जस्तोसुकै विपद्जन्य घटनाहरुको जोखिमबाट सुरक्षित हुन पाउनु,परिवार विपद्बाट बच्ने उपायहरुबाट सुसुचित हुन पाउनु, सम्मानपूर्वक बाच्च पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो । यो विषयलाई सबैले स्विकार गरेता पनि सरोकारवालाहरु त्यती धेरै जिम्मेबार बनेको पाइएको छैन । त्यसैले बालबालिकालाई विपद्जोखिमबाट बच्नको लागि विश्वका २१ देशका ६०० जना भन्दा बढी बालबालिका मिलेर २०११अगस्टमा बालबालिकाको वडापत्र तयार परेका छन् । त्यस बडापत्रमा विशेष गरी ५ क्षेत्रहरु पहिचान गरी त्यसबाट बालबालिकालाई संरक्षित गर्नु पर्ने बताएको छ । त्यसको कार्यनवयनका लागि विपद्जोखिम ब्यवस्थापनमा काम गर्ने सबै सरोकारवालाहरुको ध्यानाकर्षण गरिएकोछ ।
    क. आपतकालिन अवस्थामा पनि विद्यालयहरु सुरक्षित हुनु पर्दछ र पठनपाठनमा कुनै अवरोध सिर्जना हुनु हुदैन ।
    बालबालिकालाई आफ्ना क्रियाकलाप तथा अन्य गतिविधिहरु निरन्तररुपमा सञ्चालन होस् भन्ने चाहान्छन् । बालबालिकामा विद्यालयमा कुनै पनि विपद्ले प्रभाव नपारोस् भन्ने चाहाना हुन्छ । बालबालिकालाई विपद्जोखिम आएको अवस्थामा खेलमैदान,सुरक्षित स्थानको पहिचान र सिकाइ सामाग्रीहरुको संरक्षण गर्ने बानीको अभ्यास पहिले नै गर्नु पर्दछ । शैक्षिक सामाग्रीहरु पनि विपद्जोखिमबाट सुरक्षित हुने खालका प्रयोग गर्नु आवश्यक हुन्छ ।
    ख. विपद्अघि,विपद्आएको समय र विपद् पश्चात पनि बालबालिकाको संरक्षणलाई प्रथमिकता दिनु पर्दछ ।
    विपद् आएको अवस्थामा बालबालिका बढी असुरक्षित महशुस गर्दछन् । अझ आफ्नो परिवारलाई छाडेर अन्यन्त्र जानु परेको अवस्थामा झनै बालबालिकालाई बढी जोखिम हुन्छ । बालश्रम शोषण,बाल बेचविखन,विद्यालय छाड्नु पर्ने अवस्था आउन सक्छ । त्यसैले विपद्अघि,विपद्आएको समय र विपद् पश्चात पनि बालबालिका संरक्षित हुने वातावरण तयार गरिनु पर्दछ ।
    ग. आफूलाई आवश्यक पर्नै सूचना तथा जानकारी प्राप्त गर्ने प्रकृयामा सहभागी भई त्यस्ता सूचना तथा जनकारीहरु माथि पहुँच राख्न पाउनु पर्छ ।
    यदि आपतकालिन अवस्था आएमा बालबालिकाले पनि सुचना तथा जानकारी पाउनु पर्दछ । आपतकालिन सेवामा माध्यमहरु बारे बालबालिका पुर्वसुुसूचित हुनु पाउने नैसर्गिक अधिकार पनि हो । अभिभावक तथा अन्य सहयोगी निकायले विपद्का किसिम,कारण, बचाउपक्ष तथा त्यसमा सहयोग गर्ने निकायहरुबारे बालबालिकालाई जानकारी हुन आवश्यक हुन्छ । जस्बाट बालबालिकामा क्षमताको विकास हुन्छ र विपद्जोखिमबाट बच्न तथा त्यसलाई न्यनीकरण गर्न सक्दछ ।
    घ. समुदायिक उद्धारकार्य तथा पुर्वाधार निर्माणका कार्यहरु सुरक्षित तथा जोखिम न्यनीकरणमा मद्दत पुर्याउने खालका हुनुपर्छ ।
    बालबालिका आफ्नो समुदायका विकास प्रकृया निरन्तररुपमा ह्रास भएकोमा संवेदनशील छन् । विपद् तथा जोखिम आएको अवस्थामा स्वास्थ्य सेवा, आवश्यक मात्रामा जिविकोपार्जनका स्रोतहरु,सुरक्षित अस्पताल, स्वास्थ्य केन्द्रको महत्व तथा आवश्यकता बारे अभिभावक सचेत हुन आवश्यक हुन्छ । भवन तथा घरमा राखिएका सामाग्री विपद्जोखिम आएको अवस्थामा कतिको सुरक्षित छन्, समुदायका भौतिक संरचनाहरु कतिको सुरक्षित छन् भन्ने विषयमा बुझ्न तथा पुनःनिर्माण गर्न आवश्यक हुन सक्छ । त्यसको पुर्वानुमान गर्नु पनि आवश्यक छ । बालबालिकाले वडापत्रमा भौतिक संरचनाहरु पुनःनिर्माणका कार्यहरु प्रर्याप्त हुन नसकेको औल्याएका छन् ।
    ङ. सबैभन्दा पहिले बढी जोखिम क्षेत्रमा विपद् न्यूनीकरणका कार्यहरु सबैभन्दा पहिले गर्नु पर्दछ ।
    विपद्को अघि, विपद् समय तथा पछि बढी प्रभावित हुन सक्ने क्षेत्र तथा समुहलाई पहलो प्राथमिकता दिनु पर्दछ । जस्ले गर्दा तुरुन्त राहत पाउन सकोस् । उदाहरणको रुपमा अनाथ, पाँच वर्षमूनीका बालबालिका,अपाङ्ता भएका बालबालिका, गर्भवती महिला पर्न सक्छन् । जस्को कारण उनीहरुले तुरुन्त राहत तथा उद्धारको महशुस गर्दछन् । जोखिमलाई रोक्न तथा न्यूनीकरण गर्न सकिन्छ ।
    त्यसैले विपद्जोखिमलाई न्यूनीकरण गर्न बालसाझेदारीमा काम गर्न अवश्यक देखिन्छ । बालबालिका स्वयं आफु कसरी बच्ने तथा अरुलाई कसरी बचाउन सकिन्छ भन्ने बारे जानकार हुन्छन् । जस्को अभ्यास आजैदेखि गरौं । विपद्जोखिम न्यूनीकरणमा बालबालिकाको सहभागितालाई प्राथमिकता दिऔं ।
  • Viagra Soft no rx, buy clomid.

 cialis jelly

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३