Breaking News

सरकारद्वारा डा. केसीको माग सम्बोधन

प्रकाशित मिति : ६ कार्तिक २०७४, सोमबार १६:५३

 चिकित्सा शिक्षा सुधारको माग गर्दै आन्दोलनरत डा. गोविन्द केसीसँग भएको सहमति अनुसार सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश ल्याएको छ । सिंहदरबारमा आज बिहान बसेको मन्त्रिरिषद बैठकले डा. केसीसँग भएको सहमति अनुसार शिक्षा मन्त्रालयले तयार पारेको अध्यादेश पास गरेको हो । सो अध्यादेशका केही विषय भने मिलाउन बाँकी रहेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । अध्यादेश जारी गर्न सरकारले राष्ट्रपति समक्ष पेस गर्न बाँकी छ । शिक्षा विधेयक अध्यादेशबाट ल्याउने सरकारी प्रतिवद्धतापछि डा. केसीले १३ औं पटक अनशन गत एक गते तोड्नु भएको थियो । मंगलवारसम्मको समयसीमा दिंदै डा. केसीले माग सम्बोधन नभए पुन: अनशन बस्ने चेतावनी दिनुभएको थियो । एमाले र माओवादी केन्द्रको अवरोधका कारण व्यवस्थापिका संसदबाट चिकित्सा शिक्षा विधेयक पारित नभएपछि सरकारले डा केसीका माग अध्यादेश मार्फत सम्वोधन गर्ने सहमति गरेको थियो । विधेयकमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज, विस्तारित कार्यक्रम र प्रतिष्ठान समेत खोल्न नपाइने उल्लेख छ । यस्तै एउटा विश्वविद्यालयले ५ वटा भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने व्यवस्था छ । अध्यादेश आएपछि मनमोहन मेडिकल कलेल, काठमाडौं नेशनल, झापाको बी एण्ड सी लगायत मेडिकल कलेजले सम्बन्धन पाउने बाटो पनि बन्द भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले दफावार छलफल गरी संसदबाट पारितको प्रक्रियामा थियो । आफुहरुको लगानी रहेका कलेजले सम्वन्धन नपाउने भएपछि एमाले र माओवादी केन्द्रका सांसदले सो विधेयक पारित हुन दिएका थिएनन् ।

Female Viagra no rx, acquire dapoxetine. levitra

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३