प्रकाशित : ६ कार्तिक २०७४, सोमबार १६:४६


buy Silvitra tab online, buy lioresal online.
मंगलबारे, इलाम, ६ कात्तिक. जिल्ला समन्वय समिति इलामका प्रमुख इञ्जिनियर तथा निमित्त स्थानीय विकास अधिकारी ओमराज ढुंगानाले हाउजी (बिंगो) मा परेको रु एक लाख ११ हजार १११ वृद्धाश्रमलाई हस्तान्तरण गर्नुभएको छ । विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा इलाम बजारमा सञ्चालन गरिएको हाउजीमा उहाँलाई रु एक लाख चार हजार नगद परेको थियो ।ढुंगानाले आफ्नो तलबबाट रु सात हजार १११ थपेर वृद्धाश्रमलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले इलाम नगरपालिका–१० गोदकमा सञ्चालित माईभगवती वृद्धाश्रमकी अध्यक्ष विष्णु दाहाललाई आज एक कार्यक्रमका बीच सो रकम हस्तान्तरण गर्नुभएको हो ।ढुंगानाले आफ्ना स्व पिता डिल्लीराम ढुंगानाको नाममा सो रकम हस्तान्तरण गरेको बताउनुभयो । वृद्धवृद्धाको लालनपालन र स्याहारसुसारमा खर्च हुने गरी रकम हस्तान्तर गरिएको उहाँको भनाइ छ । वृद्धाश्रमको अक्षय कोषमा रकम जम्मा गरिने वृद्धाश्रमकी अध्यक्ष विष्णु दाहालले जानकारी दिनुुभयो । दाहालले रकम उपलब्ध गराएकामा ढुंगानालाई धन्यवादसमेत दिनुभयो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति इलामका सभापति गणेश बरालले वृद्धवृद्धाको सम्मान गरिए मात्र आफूले पनि सम्मानित जीवनयापन गर्न पाउने धारणा व्यक्त गर्नुभयो ।