Breaking News

८०७ जनाको उम्मेदवारी दर्ता

प्रकाशित मिति : ६ कार्तिक २०७४, सोमबार १६:२८

काठमाडौँ, ६ कात्तिक । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम व्यापक जनसहभागितामा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार पहिलो चरणअन्तर्गत मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८०७ जनाको उम्मेदवारी दर्ता भएको हो । तीमध्ये प्रतिनिधि सभातर्फ ३२३ र प्रदेश सभातर्फ ४८४ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारको विरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि समय तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उजुरीउपर कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । Intagra online, order zithromax. sildenafil

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३