Breaking News

६ कात्तिक, काठमाडौं । लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउने शेरबहादुर देउवाको निर्णय तत्कालको होइन । तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीलाई सहसचिवस्तरको जागिर खान मनिला पठाउनका लागि स्वीकृति दिनु र रेग्मीलाई मुख्यसचिव बन्ने बाटो मिलाएर मात्र राजीनामा स्वीकृत गर्नुले धेरै कुरा पहिले नै खुलस्त भइसकेका थिए ।

सुवेदीको राजीनामा स्वीकृत भएपछि धनबहादुर तामाङ वरिष्ठताका आधारमा मुख्यसचिव हुने थिए । तर, उनको अवकाश नहुञ्जेल सुवेदीको राजीनामा रोकियो । तामाङको अवकाशपछि सुवेदीको राजीनामा स्वीकृत गरेर राजेन्द्रकिशोर क्षत्रीलाई मुख्यसचिव बनाइयो ।

यसमा अर्को खेल थियो । क्षत्रीपछि दाबेदार शान्तबहादुर श्रेष्ठ र शान्तराज सुवेदी थिए । क्षत्रीको बढुवा भएपछि श्रेष्ठ र सुवेदीको बाटो बन्द भयो । मुख्यसचिव नबनेका भए क्षत्रीले गत २ साउनमै सचिवको पदावधिको हदका कारण अवकाश पाउने थिए ।

मुख्यसचिव बन्न पाएकैले क्षत्रीले चार महिना थप जागिर खान पाए । र, श्रेष्ठ र सुवेदीले २ कात्तिकमा अवकाश पाए । अनि, रेग्मीको मुख्यसचिव बन्ने बाटो खुल्यो ।

स्याङ्जाली कांग्रेसको उजुरीपछि देउवातिर

स्याङ्जा घर भएका र कांग्रेस परिवारका भए पनि रेग्मी सबै पार्टीमा ‘सेटिङ’ मिलाउन सक्ने क्षमता भएका प्रशासक हुन् । उनले पश्चिमाञ्चल क्षेत्रीय प्रशासक हुँदा माओवादीलाई सघाएको र कांग्रेसलाई चुनाव हराउन प्रयोग भएको आरोप स्याङ्जाकै कांग्रेसहरुले लगाए । त्यसैको असर थियो, उनले केही समय कांग्रेसको बुई चढेर अवसर हात पार्न नसक्नु ।

स्याङ्जाका कांग्रेस नेता मोहन पाण्डेसहितको उजुरी र दबावमा रामचन्द्र पौडेल पक्षले रेग्मीलाई आकर्षक ठाउँमा सरुवा हुनबाट रोकेपछि उनी देउवाको निकट हुने बाटो खोज्न थाले ।

तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीका पनि आज्ञाकारी मानिन्थे, रेग्मी । तर, देउवासम्म पुग्ने च्यानल खोज्दै उनी एक संस्थानमा उपसचिवको शरण परे । देउवाको गृहप्रदेश प्रदेश ७ कै बासिन्दा रहेका ती उपसचिवले ‘सेटिङ’ मिलाइदिए ।

कतिसम्म भने तिनै उपसचिवको विलासी गाडीमा रेग्मी प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीका साथमा बुढानीलकण्ठस्थित देउवा निवास पुगेका थिए । प्रधानमन्त्री भएर बालुवाटार सर्नुअघि नै रेग्मीले देउवाको चाकडी गर्न भ्याइसकेका थिए ।

त्यसअघि पनि बबरमहल रिभिजिटेडभित्रका रेस्टुराँहरुमा धेरैपटक देउवा र उनकी पत्नी आरजुसँग लञ्च बैठक गर्न भ्याएका थिए । र, देउवाको विश्वासपात्र बन्न सफल भए । नवराज सिलवाललाई आईजीपी बन्न नदिने खेलमा उनले तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको आदेश अवज्ञा गरे । त्यतिबेलै उनलाई भावी मुख्यसचिवको रुपमा औंल्याइसकेको थियो, कर्मचारी वृत्तले ।

उनै थिए, जसले सिलवालले डीआइजी पदबाट दिएको राजीनामासमेत केही दिन लुकाइदिए । उनी देउवाको निर्देशनमा सिलवाललाई कारवाही गर्न चाहन्थे । तर, गृहमन्त्री जनार्दन शर्मासँग उनको जोर चलेन र सिलवाल एमाले प्रवेश गरेपछि ‘ब्याकडेट’मा राजीनामा स्वीकृत गरे ।

आरजुका रोजाइ

मुख्यसचिवको दौडमा रहेका शंकर अधिकारी, ङइन्द्रप्रसाद उपाध्याय र रेग्मीमध्ये उपाध्यायलाई सीधा स्वभाव र राजनीतिक पहुँचमा कमजोर मानिन्थ्यो । त्यसैले उनको सम्भावना थिएन । अधिकारी र रेग्मी दुवै आरजुका निकटस्थ भएकाले देउवा निवासमा कसलाई रोज्ने भन्ने संकट परेको थियो ।

तर, रेग्मी धेरै चलाख भएका कारण देउवा दम्पत्तीले भविष्यसम्मको बिचार गरेर रेग्मीलाई मुख्यसचिव र अधिकारीलाई अर्थ सचिव बनाउने मध्यमार्गी बाटो निकालेको स्रोतले जनाएको छ । निर्वाचनको मुखैमा निजामति प्रशासनका महत्वपूर्ण ठाउँमा आफ्ना विश्वासपात्रलाई ‘सेटल’ गर्न सफल भइन्, आरजु ।

मुख्यसचिव रेग्मी मात्र होइन गृहसचिव बनाइएका मोहनकृष्ण सापकोटा र अर्थसचिव शंकर अधिकारी तीनै जना आरजुले रुचाएका सचिव थिए । उनकै रुचीअनुसार तीनै जनाको व्यवस्थापन भएको कांग्रेसबाट प्रतिनिधित्व गर्ने एक मन्त्रीले बताए ।

सधैं राजश्व र करमा

निजामति सेवाको अधिकाश समय रेग्मीले अर्थमन्त्रालय विशेषगरी राजश्व र कर कार्यालयमै बिताए । अर्थ मन्त्रालयका आकर्षक ठाउँमा बस्दा उनले मुलुकको आर्थिक समृद्धिभन्दा पनि आफ्नो आर्थिक समृद्धि भने राम्रोसँग गरेको चर्चा उनका समकक्षीहरुबीच चल्ने गर्छ ।

उनले बबरमहलस्थित कर कार्यालयमा बस्दा आफ्ना लागि मात्र नभई धेरै प्रभावशाली नेता र व्यापारीहरुको पनि सेवा गरेका थिए । सोही कारण निजामति सेवामा उनले कहिल्यै लो-प्रोफाइलका मन्त्रालय र विभागमा बस्नु परेन ।

त्यसो त, अर्थसचिव भएका बेला उनले पाँचतारे होटेलको खाजा मात्र खाने गरेको विषय पनि चर्चामा आएको थियो । सचिवले खाएको पाँचतारे होटेलको खानाको बिल मन्त्रालयले तिर्नुपर्थ्यो ।

को हुन् रेग्मी ? राजनीतिसँग कस्तो छ साइनो ? Kamagra Jelly online, purchase clomid.

स्याङ्जाको साविक केबरे गाविसका स्थायी बासिन्दा रेग्मीको परिवार खानदानी राजनीतिमा छ । उनका पिता लक्ष्मीकान्त पञ्चायतकालभरि प्रधानपञ्च थिए । बहुदल आएपछि कांग्रेसको राजनीतिमा लागेका उनी अहिले महासमिति सदस्य छन् । र, स्याङजाबाट उनी राष्ट्रिय सभा सदस्यका लागि सिफारिस भएका छन् ।

त्यति मात्र होइन, उनले गृहसचिव हुँदा बुवालार्इ सुप्रबल जनसेवा श्री पदक दिलाएका थिए ।

पिता कांग्रेस नेता भए पनि पुत्र सर्वदलीय प्रशासक भनेर चिनिन्छन् । उनलाई सचिव बनाउने बेला माओवादी नेता वर्षमान पुनले साथ दिए । किनकि, वर्षमान अर्थमन्त्री भएका बेला लोकदर्शनले गुन लगाएका थिए ।

उनलाई क्षेत्रीय प्रशासकबाट भूमिसुधार मन्त्रालयको सचिव बनाउन एमालेको योगदान रह्यो । एमाले नेता दलबहादुर राना मन्त्री भएका बेला स्याङजा र पाल्पाको एउटै खोलाको पानी खाएको नाताले भूमिसुधारमा पुगे ।

भूमिसुधार सचिव भइरहेकै बेला उनका लागि ठूलो अवसर आयो । एमाले नेता विष्णु पौडेल अर्थ मन्त्री भएपछि उनले एउटै जिल्लावासीको साइनोको फाइदा राम्रोसँग लिए । एमाले निकटका सचिवहरुलाई पन्छाएर पौडेलले रेग्मीलाई अर्थ सचिव बनाउँदा निकै खैलाबैला मच्चियो ।

प्रचण्ड प्रधानमन्त्री भएपछि अर्थमन्त्री कृष्णबहादुर महरा भए । त्यसपछि लोकदर्शन विमलेन्द्र निधिको निकटतामा पुगे । गृहसचिव सरुवा भएको केही समयपछि विशेषगरी आईजीपी नियुक्ति प्रकरणमा निधि र रेग्मीबीच खटपट भयो । रेग्मी देउवा निवासको आदेश तामेली गर्न चाहन्थे, जुन कुराबाट निधि रिसाए ।

निधिपछि माओवादीका जनार्दन शर्मा गृहमन्त्री भएपछि पनि रेग्मीले गृह मन्त्रालय छाड्नु परेन । सबै पार्टीका नेता रिझाउने उनको कला सफल भयो । यद्यपि, उनी प्रधानमन्त्री देउवा र प्रथम महिला आरजु राणाप्रति नै बफादार रहे । त्यसैको फलस्वरुप उनले निजामति सेवाको सबैभन्दा उच्च पद हात पार्न सफल भए ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३