प्रकाशित : ३० पुष २०७८, शुक्रबार १८:३५

विराटनगर, ३० पुस । नोवेल मेडिकल कलेज विराटनगर र चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबिचको समस्या समाधानका लागि इन्सेकले राज्यसँग माग गरेको छ ।

चिकित्सा शिक्षा ऐन,२०७५ ले निर्धारण गरेभन्दा बढी शुल्क लिएको आरोपमा नोवेल मेडिकल कलेजविरूद्ध आन्दोलनरत विद्यार्थीका कारण सर्वसाधारण समेत प्रभावित भएको भन्दै इन्सेक प्रदेश १, कार्यालयका प्रमुख सोमराज थापाले आज विज्ञप्ति जारी गरी समस्या समाधानका लागि माग गर्नुभएको हो ।

विज्ञप्तिमा अतिरिक्त शुल्क विवादमा नोवेल मेडिकल कलेज विराटनगर र चिकित्सा शिक्षा अध्ययन गरीरहेका विद्यार्थीबिच ०७८ पुस १४ गतेदेखिको तनावले सिर्जित अवस्थाप्रति सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र–इन्सेक प्रदेश कार्यालय विराटनगरको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ ले निर्धारण गरेभन्दा बढी अतिरिक्त शुल्क कलेज प्रशासनले असुल्न खोजेको र सो शुल्क नबुझाउने एमबीबीएस प्रथम वर्षका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाउने कार्य आपत्तिजनक साथै दण्डनीय भएको भन्दै इन्सेकले विज्ञप्तिमार्फत विरोध गरेको छ ।

कलेज सञ्चालक र विद्यार्थीबिचको मतभेदका कारण नागरिकको संविधान प्रदत्त स्वतन्त्रताको हक धारा १७, स्वास्थ्यसम्बन्धी हक धारा ३५ र शिक्षासम्बन्धी हक धारा ३१ कुण्ठित हुन पुगेको निश्कर्ष इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लामो समयदेखि स्वास्थ्य क्षेत्रजस्तो गम्भीर विषयमा प्रदेश तथा सङ्घीय सरकारले मौनता प्रकट गर्दै समस्याको निराकरणका लागि ठोस, प्रभावकारी र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्ने विषयमा इन्सेकले खेद व्यक्त गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३