प्रकाशित : ३० पुष २०७८, शुक्रबार १८:३३

विराटनगर, ३० पुस । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारले शुक्रबार मुख्यमन्त्रीको कार्यालयमा बोलाएको सर्वपक्षीय छलफल कार्यक्रममा कर्मचारीहरुले नै सरकारको तयारी प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
पछिल्लो हप्ता जुन रप्तारमा कोरोना भाइरसको तेस्रो लहर फैलि रहेको छ त्यसको आधारमा सकारको तयार प्रभावकारी नभएको उनीहरुको गुनासो छ । कार्यक्रममा बोल्दै प्रदेश १ सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईले सरकारले लक्ष्य अुनसार खोप कार्यक्रम सञ्चालन गर्न नसक्दा कोरोना भाइरसको नियन्त्रण तथा रोकथाम प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले अहिलेसम्म पनि प्रदेश १ मा ५१ प्रतिशत नागरिकले मात्र दुबै डोज खोप पुरा गरेको बताउनुभयो । अझ त्यसमा पनि १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरुमा ५० प्रतिशतमा मात्र खोप कार्यक्रम पु¥याउन सकिएको बताउनुभयो ।
त्यस्तै कोरोना भाइरस नियन्त्रणको कार्यक्रम प्रभावकारी हुन नसक्नुमा स्वास्थ्य क्षेत्रका जनशक्तिको अभाव पनि अर्को कारण रहेको स्पस्ट पार्नुभयो । ‘ तराईका जिल्लामा मध्यम खालका स्वास्थ्यकर्मीहरुको प्रयाप्ता भएपनि पहाडी तथा हिमाली जिल्लामा त्यसको आभव छ, त्यस्तै सिनियर स्वास्थ्यकर्मीहरुको अभाव तराई देखि हिमाली क्षेत्रसम्मै छ’– उहाँले भन्नुभयो ।
कार्यक्रममा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयको तयारी बारे जानकारी गराउँदै उक्त मन्त्रालयका सचिव काली प्रसाद पराजुलीले सीमा क्षेत्रबाट आवत जावतलाई अझै पनि व्यवस्थि गर्न नसकिएको बताउनुभयो । उहाँले काँकडभिट्टा नाका व्यवस्थित भएपनि रानी नाका व्यवस्थित हुन नसकेको, होल्डिङ सेन्टरहरुमा खाने पानी, विजुली, सडक,यातायातको सुविधाको अभाव रहेको बताउनुभयो ।
त्यस्तै प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार वीसीले जोगवनी नाका व्यवस्थि हुन नसकेकाले सङ्क्रमितहरु भारतबाट सिधै नेपाल प्रवेश गर्न सक्ने अवस्था रहेको बताउनुभयो ।
थलाह गणका गणपति अमृत थापाले निर्माणधीन अवस्थामा रहेका होल्डिङ सेन्टरहरुमा वित्तीय प्रगति हुन नसक्दा समयमै काम सम्पन्न गर्न नसकिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोभिड १९ सङक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि राजनीतिक दलको सहयोग आवश्यक भएको बताउनु भएको छ ।
उहाँले राजनीतिक दलहरूको सयन्त्र आधारभूत तहसम्म हुने भएकाले दलहरू र तिनका भ्रातृ संगठनको परिचालनले रोगविरुद्ध लड्न सकिने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं.१ मा खोपको पर्याप्त व्यवस्था भए पनि पछिल्लो समयमा खोप लगाउन आउने सङख्यामा कमी आएकोमा राजनीतिक दलहरूलाई यसप्रति जागरण पैदा गरिदिन उहाँले अपिल गर्नुभयो ।
कोरोनाको तेस्रो लहर सकेसम्म निषेधाज्ञा वा लकडाउन गर्ने अवस्था नआउनेगरी सामाना गर्नुपर्नेमा मुख्यमन्त्री राईले जोड दिँदै पटकपटकको लकडाउनले जनताको दैनिकी, रोजी रोटी सहित मुलुकको अर्थतन्त्र चौपट हुनेतर्फ सरकार सम्वेदनशील भएको बताउनुभयो ।

छलफल कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले कोभिड रोगविरुद्ध संघ, प्रदेश र स्थानीय तीनै तहको सरकार मिलेर लड्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सामाजिक विकास मन्त्री जयराम यादवले रोगको संक्रमण फैलिएको अवस्थामा राजनीतिक दलहरूलाई भीडभाड हुने खालको कार्यक्रम नगरी दिन अपिल गर्नुभयो । उहाँले विगतमा आफूहरू सरकारमा नभएको अवस्थामा पनि कोभिडविरुद्धको अभियानमा आफ्नो राजनीतिक दलको तर्फबाट गरेको सहयोगको स्मरण गर्दै रोगको जोखिमको अवस्थामा कसैबाट पनि गैरराजनीतिक चरित्रको अपेक्षा नभएको स्पष्ट पार्नुभयो ।
छलफल कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस प्रदेश नं. १ अध्यक्ष उद्धव थापा, सोही पार्टीका संसदीय दलका सचेतक सुयर्माराज राई, नेकपा माओवादी केन्द्र प्रदेश नं. १ अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं.१ सचिव महेश रेग्मी, जनता समाजवादी पार्टी प्रदेश नं. १ अध्यक्ष प्रवीण चाम्लिङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चाम्लिङ, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं.१ सचिव वासुदेव भट्टराईलगायतले आ–आफ्नो दलका तर्फबाट धारणा राख्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भने सहभागिता रहेको थिएन ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३