प्रकाशित : २८ पुष २०७८, बुधबार २२:२७

विराटनगर, २८ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बुधबार देखिएको सङ्क्रमितको यो सङ्ख्या अघिल्लो बुधबारको तुलनामा झण्डै १३ गुणाले बढी हो । जब कि अघिल्लो बुधबार यस प्रदेशमा २१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो ।
अघिल्लो बुधबार यस प्रदेशमा २१ जनामा सङक्रमण पुष्टि भएको थियो । गत बुधबार यता यस प्रदेशमा दैनिक रुपमा लगातार सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । गत बिहीबार २३ जना, शुक्रबार दोब्बर वृद्धि भई ४६ जना, शनिबार ४३ जनामा आइतबार ५६ जना सोमबार ११३ र मङ्गलबारे १२५ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार सबै भन्दा बढी मोरङमा १४५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको हो । मोरङमा पनि सदरमुकाम सबै भन्दा बढी विराटनगरमा ११९, बुढीगंगामा १३, सुनबर्षी र बेलबारीमा ३–३, उर्लाबारी र सुनबर्षीमा २–२, कटहरी, धनपालथान र रतुवामाईमा १–१, सुनसरीको धरानमा १६, इटहरीमा ११, इनरुवामा ५, रामधुनीमा २, बर्जु र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ३, झापाको मेचीनगरमा २०, विर्तामोडमा ५, भद्रपुर र कनकाईमा २–२, अर्जुनधारा र दमकमा १–१, भोजपुरको षडानन्द र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३