प्रकाशित : २७ पुष २०७८, मंगलवार १९:४६

विराटनगर, २७ पुस । चुरे क्षेत्रमा जाने पहिरोसँगै चुरेको फेदीमा रहेको मानव बस्ती र खेती योग्य जमिन जोखिममा पर्ने क्रम बढ्दै गएको छ ।
वर्षायाममा पानी पर्दा मात्र होईन हिउँदको सुख्खायाममा समेत चुरै क्षेत्रमा स साना पहिरो गइरहन्छन् । चुरेमा जाने यस्ता पहिरोका कारण चुरेको फेदीमा रहेका मानव बस्तिहरु जोखिममा पर्दै गएको कुरा मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबी प्रसाद आचार्य बताउनु हुन्छ ।
चुरेमा जाने पहिरोकै कारण मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं १ को कुवापानी भन्ने स्थानमा स्थानीय २३ घर परिवार विस्थापित हुने अवस्थामा पुगेको छ । उनीहरु मध्येको केहीको अन्यत्र पनि जग्गा भएकाले उनीहरु उतै सर्ने अवस्थामा छन् भने अन्यत्र जग्गा जमिन नभएका सात घर परिवालाई पुनर्वासका लागि उपयुक्त जग्गाको खोजी भइरहेको अध्यक्ष आचार्यले भयो ।
त्यसैगरी यसै वर्ष गएको पहिरोबाट सोही गाविसको रमितेमा सात घर परिवार विस्थापित भएको र उनीहरुलाई गाउँपालिकाले प्रति परिवार राहात स्वरुप ५० हजार रुपियाँ उपलब्ध गराएको थियो ।
चुरे क्षेत्रमा जाने यस्तो पहिरोका कारण चुरको फेदीमा रहेका मानव बस्ती जोखिममा पर्नुका साथै चुरे क्षेत्र भएर बग्ने नदीमा नदीजन्य पदार्थ थुप्रिन पुगि बाढीको पानी मानव बस्तीमा पस्ने खतरा बढिरहेको स्थानीयहरु बताउँछन् ।
इण्डियन र तिब्बतीयन प्लेटको आपसी टक्कर हुँदा उत्पन्न प्रेसरका कारण जमिनको भाग माथि उठ्दा बनेको चुरे शिवलिक ( कोमल भूगर्व भएको ) पहाडी क्षेत्र भएकाले उक्त क्षेत्रमा प्रायजसो पहिरो गइरहने कुरा जलधार व्यवस्थापन कार्यक्रम कार्यन्वयन इकाइ प्रदेश १ का प्रमुख टोप बहादुर श्रेष्ठ बताउनु हुन्छ । उक्त क्षेत्रमा हिउँद महिनामा पृथ्वीको गुरुत्वकार्षण शक्तिले तलबाट तान्ने र वर्षायाममा माथिबाट पानीको लोडले थिच्दा पहिरो जाने गरेकाले चुरे क्षेत्रलाई प्रकोपीय क्षेत्र भनिने गरेको प्रमुख श्रेष्ठको भनाइ छ ।
जसका कारण स्थानीयस्तरमा चुरेको तल्लो भागमा थिगरनको समस्या भइ खोलाको सतह उच्च भई खोलाले धार परिर्वन गरी मावन बस्ती तर्फ खोला पस्ने र दक्षिणको तराई क्षेत्रमा मरुभूमिकरण बढ्ने जोखिम भएको विज्ञहरु बताउँछ्न ।
चुरेको मोरङ खण्डमा प्राय पहिरो गइरहने थुप्रै स्थानहरु छन् । जसमा “धेमे पहिरो” मोरङको चुरे क्षेत्रको सबै भन्दा ठूलो पहिरो हो । यसले मिक्लाजुङ गाउँपालिकाका धेरै वडाहरुलाई प्रभावित गर्दछ । यसका कारण मिक्लाजुङ्ग गाउँपालिकाका वडा नं ५, ६ तथा उर्लाबारी नगर पालिकाको वडा नं १ र ४ बढी प्रभावित हुने गरेको स्थानीय क्षेत्रका जनप्रतिनिधहरुको भनाइ छ ।
त्यस्तै मिक्लाजुङ गाँउपालिकामै रहेको फोकेभिर पहिरो, बाजबिरे पहिरो, रतनपुर पहिरो, साखरे पहिरो पनि ठूला पहिरा हुन् । यी पहिरोका कारण सबै भन्दा बढी मोरङको मिक्लाजुङ्ग गाँउपालिका प्रभावित रहेको छ । बर्खे, चुलीपोखरी, गौथलीभीर, साखरे, रचना, धोविनी बजार लगायतका चुरे क्षेत्रका बस्तिहरु यी पहिरोको जोखिममा रहेकाछन् ।
लेटाङ नगरपालिका– ७ मा रहेको सिमाना पहिरो,कर्पसे पहिरो कुइकुण्डी पहिरो, केराबारी–२ मा रहेको बत्तिसजुरे पहिरो, पार्टी गाँउ पहिरो, क्यूरीभञ्ज्याङ्ग पहिरो पनि यस क्षेत्रका विनाशकारी पहिराहरु हुन् । यी पहिरोका कारण स्थानीय क्षेत्रका भूवाखोला बस्ति, सीमाना बस्ति, भुसुने केराबारी , खर्बनी टोल, प्रभावित छन् भने स्थानीय क्षेत्रका सयौ बिघा खेती योग्य जमिन पनि पहिरोका कारण बगरमा परिणत भइरहेका छन् । कुनै बेला सतिसाल क्षेत्रमा धानबाली लाग्ने सयौ विघा जमिन थियो तर अहिले त्यो सबै खेती योग्य जमिन बगरमा परिणत भइसकेको सोही क्षेत्रका प्रदेश सभा सदस्य उपेन्द्र घिमिरे बताउनु हुन्छ ।
बत्तिस जुरेको पहिरोका कारण केराबारी– सिंहदेबीको सडक मार्ग समेत अबरुद्ध हुन पुगेको छ । सिंहदेबीको बिहीबार बजार पर्यटकीय क्षेत्र भएपनि यही पहिरोका कारण सडक निर्माण कार्य पुरा हुन नसक्ता अहिले त्यस क्षेत्रको पर्यटकीय विकासले गति लिन सकेको छ्रैन ।
चुरे क्षेत्रमा बढ्दो मानव गतिविधिसँगै चुरेमा उम्रिएका झारपात, बनमारा लगायत प्राकृतिक बुट्यानहरू मासिदा चुरे क्षेत्रको विनाश सुरु भएको स्थानीबासीहरु बताउँछन् । त्यस्तै चुरे नजिकै रहेका खोलानाला वरिपरि क्रसर उद्योग सञ्चालन गर्नु, चुरे पहाड नजिकैका खोलाफेदीबाट कानुन विपरीत ठूलो परिमाणमा ढुङगा उत्खन्न गर्दा प्राकृतिक सतह भासिदा चुरेमा पहिरो जाने क्रम बढेको कुनै न कुनै रूपमा चुरे तथा वनजङगल माथि बारम्बार आक्रमण भइरहेको छ । चुरे क्षेत्रमा हुने यस्ता गतिविधिले चुरेलाई बिनाश तर्फ धकेलिरहेको स्थानीय सचेत अगुवाहरुको आरोप छ ।
वर्षेनी चुरेमा जाने पहिरोको नकारात्मक असर आसपासको बस्तिमा मात्र नभएर त्यो भन्दा तल तराई क्षेत्रमा समेत बढदै गइरहेको छ । चुरेबाट बगेको पहिरोको सिल्टेशन अर्थात डिपोजिट ( एक प्रकारको माल बस्तु) वर्षाको भेलसँगै चुरे क्षेत्रका नदीबाट बगेर तलतिर झर्छ जसले गर्दा ती नदीहरुको सतह माथि उठी नदी किनाराको जमिनको सतह तल हुन जान्छ । त्यसको परिणम वर्षायाममा नदीको बाढीले मानव बस्ती र खेतीयोग्य जमिन विनास गरी तराई क्षेत्रमा बिस्तारै मरुभूमीकरण बढ्दै गएको विराटनगर वातावरण विद् तथा विराटनगर स्थित महेन्द्र स्नातककोत्तर क्याम्पसका प्रणाी शास्त्रका उप प्रध्यापक रामचन्द्र अधिकारी बतउनु हुन्छ ।
यसरी नदीको सतह माथि उठ्दा तराईका नदीमा बाढी नियन्त्रणको लागि निर्माण गरिएबा बाँधहरु केही वर्षा भित्रै पुरिएर काम नलाग्ने अवस्थामा पुगेका छन् । चुरेको समस्या समाधान नगरी तराईमा जति बाँध लगाए पनि तराईमा बाढीको समस्या समाधान नहुन वातावरण विद् अधिकारीको तर्क छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३