प्रकाशित : २६ पुष २०७८, सोमबार २०:२७

विराटनगर २६ पुस । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेगाको आयोजनामा विराटनगरमा तेश्रो संस्करणको ‘ईन्टर लियो रनिङ शिल्ड फुटसल कप‒२०२२’ हुने भएको छ ।

यहीपौष २८ गतेदेखि ३० गतेसम्मविराटनगरको मेनरोडस्थित विराटेश्वर शिवमन्दिर पश्चिम ‘द फुटसल हब’मा मैत्रीपुर्ण इन्डोर फुटबल प्रतियोगिताहुने भएको हो ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी दिएको छ । ३ दिवसीय खेलमालियो डिस्ट्रिक काउन्सिल ३२५ ए वानका १६ वटा क्लबहरुको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । खेलमा सुनसरीको ६, मोरङको ७ र झापाकोे ३ वटा क्लब सहभागी हुुने क्लबका अध्यक्ष सुनिल यादवले बताए । उनले खेलकुदलाई प्रोत्साहन, युवाहरुको प्रतिभा प्रस्फुटन र मैत्रीपुर्ण भावनाजागृत गराउने उद्देश्यका साथ खेलको आयोजनागर्न लागिएको जानकारी दिए ।

बुुधबार बिहान साढे ७ बजेदेखि सुरु हुने प्रतियोगिताको पहिलो दिन ८ र दोश्रो दिन ६ वटा खेल हुने आयोजकले जनाएको छ । आयोजकको अनुसार प्रतियोगिताको अन्तिम दिन फाईनल खेल मात्रहुनेछ । ३ दिवसीय इन्डोर फुटबल प्रतियोगितामा भने कुल १५ वटा खेल हुने जनाईएको  छ ।

प्रतियोगिताको विजेता क्लबले प्रमाण‒पत्र, मेडल र शिल्ड सहित रु २५ हजार नगद पुरस्कार र उप‒विजेताकालागि मेडल र प्रमाण‒पत्र सहित १० हजार नगर पुरस्कारको व्यवस्था गरेको छ ।

यसका साथै म्यानअफ द म्याच, म्यानअफ द टुर्नामेन्ट, बेस्ट गोल किपर र बेस्ट स्ट्राइकरका लागिपनि मेडल र पुरस्कारको व्यवस्थागरिएको आयोजक संस्थाकापुर्व अध्यक्षमनोज तिवारीले जानकारी दिए ।

यहीबुधबारदेखि सुरु हुने खेलमा भने १८ देखि ३० वर्षका युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकले यसअघि दुईपटक ईन्टर लियो रनिङ शिल्ड फुटसल कप आयोजना गरिसकेको छ ।

पहिलो संस्करणको खेलमा १० र दोेश्रो संस्करणको खेलमा १२ वटा टीमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३