प्रकाशित : २६ पुष २०७८, सोमबार १९:२१

विराटनगर, २६ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका मोरङमा ५४, झापामा २६, सुनसरी र धनकुटामा १‒१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५१, कानेपोखरी, कटहरी र उर्लाबारीमा १‒१, झापाको विर्तामोडमा ९, भद्रपुर र कमल गाउँपालिकामा ४‒४, अर्जुनधारा र मेचीनगरमा ३‒३, दमक, कनकाई र बुद्धशान्तिमा १‒१, सुनसरीको इटहरी र धनकुटाको महालक्ष्मीमा १‒१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३०७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३