प्रकाशित : २५ पुष २०७८, आईतवार १८:४६

विराटनगर, २५ पुस । नोवेल मेडिकल कलेज विराटनगरले प्रशासन कार्यालयमा भएको सहमति विपरित पठन पाठन सञ्चालन गरेपछि तनाव उत्पन्न भएको छ । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई अन्य विद्यार्थीलाई मात्रै राखेर कक्षा सुरु भएपछि आइतबार नोवेल मेडिकल कलेज विराटनगरमा विद्यार्थीले तोडफोड गरेका छन् ।

तोडफोडका क्रममा केही विद्यार्थी घाइतेसमेत भएका छन् । विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमति विपरित नोवेलले कक्षा चलाएपछि एमबीबीएस प्रथम वर्षका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । उनीहरुलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरुले नोवेलमा तोडफोड गरेका हुन् ।

नोवेल अस्पताल परिसर केहीवेर तनावग्रस्त बनेको थियो । नोवेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो । तर, आइतबार थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको अनेरास्ववियुका नेता तुलसी घिमिरेले बताए । मेडिकल कलेज अगाडि रिले अनसन बस्न गएका विद्यार्थीमाथि त्यहाँ कार्यरत सुरक्षागार्डहरूले आक्रमण गरेको घिमिरेले बताए ।
सुरक्षागार्डहरुको आक्रमणबाट नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सचिव किसन भगत घाइते भएका छन् ।

नोवेल मेडिकल कलेजमा १ सय विद्यार्थीको कोटा छ । कलेजमा भर्ना भएका ९६ विद्यार्थीमध्ये २४ जनाले अतिरिक्त शुल्क बुझाएका छन् । उनीहरुको पठन–पाठन भइरहेको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीका अनुसार नौ भारतीय, १० छात्रवृत्ति र ५ जनाले अतिरिक्त बुझाएकालाई कलेजले माथिल्लो तलामा राखेर पढाई रहेकोे छ ।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरे विपरीत नोवेलले ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । पुस १४ गते देखि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३