प्रकाशित : २५ पुष २०७८, आईतवार १८:४३

विराटनगर, २५ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ ।

२९३ जनाको पीसीआर परीक्षण गर्दा ४९ र १३३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७, झापामा ५, सुनसरीमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण हो । मोरङको विराटनगरमा ३२, उर्लाबारी, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीमा १–१, झापाको विर्तामोडमा २, दमक, बाहृदशी र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २, रामधुनी र हनिगरमा १–१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण हो ।

प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या २३० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३