प्रकाशित : २० पुष २०७८, मंगलवार २१:१०

विराटनगर, २० पुस  । दैनिक ३० डिग्री सेलसियस भन्दा माथि तापक्रम पुग्ने तराईका जिल्लामा यतिबेलो ह्वात्तै चिसो बढेको छ । तीन दिन देखि लगातार तराईका जिल्लामा देखिएको न्यूनतम तापक्रमको डिग्रीले समेत तराईमा चिसो बढेको अनुमान गर्न सकिन्छ । मौसम पूर्वानुमान शाखा विराटनगरका अनुसार आइतबार १२.८ डिग्री सेलसियस रहेको विराटनगरको तापक्रम सोमबार ११.८ डिग्रीम झरेको छ ।
त्यस्तै सुनसरीको धरामा पनि आइतबार ११ डिग्री सेलसियस रहेको न्यूनतम तापक्रम सोमबार ७.५ डिग्री सेलसियसमा झरेको छ भने सुनसरीकै चतराको न्यूनतम तापक्रम आइतबार ११ डिग्री सेलसियस रहेकोमा सोमबार १० डिग्री सेलसियसमा झरेको छ । तराइकै अर्को जिल्ला सप्तरीको तापक्रम पनि घट्दो अवस्थामा नै छ । आइतबारको न्यूनतम तापक्र १२.४ डिग्री सेलसियस रहेको सप्तरीमा सोमबार घटेर ११.४ डिग्री सेलसियस रहन पुगेको छ ।
आइतबार र सोमबारको तुलनामा मङगलबार पनि सबै ठाउँमा न्यूनतम तापक्रम घट्दो अवस्थामा नै रहेको छ । मङ्लबार विराटनगरको तापक्रम ११ डिग्री सेलसियस , धरानको ६.५ डिग्री सेलसियस, राजविराजको १०.९ डिग्री सेलसियस र चतराको ९.८ डिग्री सेलसियसमा झरेको छ ।

न्यूनतम तापक्रम सँगै अधिकतम तापक्रम पनि यी जिल्लाहरुमा घट्दो क्रममा रहेको छ । आइतबार विराटनगरको अधिकतम तापक्रम २१.३ डिग्री सेलसियस रहेकोमा सोमबार घटेर १९.४ डिग्री सेलसियस कायम भएको छ , सुनसरीको धरानको आइतबारको अधिकतम तापक्रम २१ डिग्री सेलसियस रहेकोमा सोमबार १७.५ डिग्री सेलसियस कायम भएको छ ।
सुनसरीकै चतराको आइतबारको न्यूनतम तापक्रम २३ डिग्री सेलसियस रहेकोमा सोमबार घटेर २० डिग्री सेलसियस कायम भएको छ , त्यस्तै सप्तरीको राजविराजको आइतबारको तापक्रम १७ डिग्री सेलसियस कायम रहेकोमा आइतबार १६.४ डिग्री सेलसियस रहेको छ ।
तीन दिन देखि तराइको जिल्लाहरुमा बिहान बेलुका चिसो हावा चलेको र र घाम नलागेका कारण मौसम चिसो हुँदै गएको मौसम पूर्वानुमान शाखा विराटनगरका प्रमुख विकास देउझा बताउनु हुन्छ । सुनसरी र मोरङका विभिन्न स्थानमा आइतबार मध्यन्नमा न्यानो घाम लागेपनि सोमबार मधुरो घाम मात्र लागेका छन् ।
सरकारी राहतमा कम्बल र दाउरा
अधिकाँस समय गर्मी हुने तराईमा पुसमा महिनामा बढेको चिसोले जनजिवन प्रभावित हुँदै गएको छ । विशेष गरेर तराइको मुसहर लगायतको आर्थिक अवस्था कमजोर भएको समुदाय बढ्दो चिसोबाट बढी प्रभावि भएको छ , तर यस्ता समुदायका लागि सरकारी तहबाट राहतको योजना भने खासै छैन ।
चिसोका लागि केही ठाउँमा न्यानो कपडा र दाउरा वितरण गर्ने बाहेक तीन तहकै सरकारको अरु योजना छैन ।
चिसोबाट प्रभावित हुने समुदायका लागि आवश्यकता अनुसार दाउरा र न्यानो कपडाको व्यवस्था गरिएको मोरङको धनपाल थान गाँउपालिकाका अध्यक्ष हरिलाल सिंह बताउनु हुन्छ ।
स्थानीय क्षेत्रको माग र आवश्यकता अनुसार जिल्ला स्थित विपद् व्यवस्थापन समिति मोरङले पनि दाउरा र न्यानो कपडाको जोह गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बतउनुभयो । उहाँले स्थानीय माग अनुसार मोरङको रतुवामाई नगरपालिकामा तीन सय थान कम्बल विरतरण गरिसकिएको छ । दाउरा वितरणको व्यवस्था स्थानीय तहले नै गर्ने निर्णय यस अघि नै भएको र थप आवश्यक परेमा बन कार्यलयसँग समन्वय गरेर दाउराको व्यवस्थापन गर्न सकिने प्रजिअ दाहालले बताउनुभयो ।
त्यस्तै चिसो प्रभावित क्षेत्रमा न्यानो कपडा वितरण गर्ने योजना प्रदेश सरकारको पनि रहेको छ । तर त्यसका लागि जिल्ला स्थित विपत् व्यवस्थापन समितिबाट माग भएर आउनु पर्ने प्रादेशिक विपत् व्यवस्थापन समन्वय शाखाका अधिकृत देबराज भट्टराईले बताउनुभयो । प्रदेश सरकारको विपत् भण्डारण शाखामा लगाउने न्यानो कपडा र आढ्ने कम्बल रहेको बताइएको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३