प्रकाशित : १७ पुष २०७८, शनिबार १८:४८

विराटनगर, १७ पुस । सहिद मैदान विराटनगरमा मोरङ जिल्ला ए डिभिजन लिग फुटबल सुरु भएको छ ।

पहिलोदिनको खेलमा विराटनगरका दुईवटा क्लबले जित हात पारेकाछन । प्रतियोगितामा सम्राट स्र्पाेटिंग क्लबले मोरंग सुन्दरहरैंचास्थित श्री हरैंचा स्र्पाेटिंग क्लबलाई २ शुन्यले पराजित गरेको छ । पहिलो हाफमा गोलरहित बराबरी खेलेको सम्राटले दुवै गोल दोस्रो हाफमा गरेको थियो । सम्राटको जितमा सरोज अधिकारी र अर्जुन मगरले गोल गरेका थिए । जित हातपारेपछि क्लबका टीम म्यानेजर निरज श्रेष्ठले खेलाडीले अपेक्षाकृत प्रदर्शन गर्न नसकेको बताए ।

विपक्षीसमक्ष सुरुवाती क्रममा गोल गर्न नसकेकोमा उनले आउँदो खेलका लागि खेलाडीले थप मेहनत गर्नुपर्नेमा जोड दिए । त्यसैगरि, आजै भएको अर्काे खेलमा साविक लिग बिजेता बेलबारी फुटबल क्लबले पहिलो खेलमा हार ब्यहोरेको छ । बेलबारीलाई विराटनगरको मोतीराम स्पोर्टिंग क्लबले ३ शुन्यले पराजित गरेको छ । मोतीरामको जितमा टेकबहादुर लिम्बू, सागर चौधरी, र घनश्याम चौधरीले समान एक गोल गरेका थिए ।

जिल्ला फुटबल संघ मोरंगका अध्यक्ष दीपेन्द्र धिमालले लिग कम नकआउट का आधारमा सुरु भएको प्रतियोगितामा विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैया र ट्रफी हात पार्ने बताए । प्रतियोगिताको फाइनल खेल पौष २४ गते हुने उनले जानकारी दिए । प्रतियोगिताको उद्घाटन विराटनगरका प्रमुख भीम पराजुलीले गरेका ।

प्रतियोगिता अन्तर्गत आइतबार जहदाँ गाँउपालिकाको नवप्रगतिशील क्बलले उर्लाबारी स्पोर्टिग क्लबसंग पहिलो खेलमा र दोस्रो खेलमा साईनो स्र्पाेटिंग क्लबले युनाइटेड स्र्पाेटिंग क्लबको सामना गर्ने प्रतियोगिताका संयोजक धनकुमार लामाले जानकारी दिए। लिगमा समूह ए बेलबारी फुटबल क्लब, मोतीराम स्र्पाेटिंग क्लब, श्री हरैंचा स्र्पाेटिंग क्लब, र सम्राट स्र्पाेटिंग क्लब रहेको छ । त्यसैगरि, समूह बी मा नवप्रगतिशील, उर्लाबारी स्र्पाेटिंग, साईनो स्र्पाेटिंग क्लब, र युनाइटेड स्र्पाेटिंग क्लब रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३