प्रकाशित : १६ पुष २०७८, शुक्रबार ०६:५२

विराटनगर, १६ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले संघीयता बलियो भएमात्रै सांस्कृति पर्वहरु बनाउने वातावरण तयार हुने बताउनु भएको छ ।

२६०६ औं तमु ल्होसारको अवसरमा मोरङको पथरीशनिश्चरेमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले सोम कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ संघीयता जति बलियो हुँदै जान्छ, मुलुकका सवै जातजातिले आफ्नो धर्म र साँस्कृतिक पर्व मनाउने वातावरण तयार हुदै जान्छ ।’ मन्त्री यादवले बहुजातिय, बहुभाषिक, बहु धार्मिक देशमा सामाजिक सद्भाव सवैभन्दा महत्वपूर्ण हुने बताउनुभयो । प्रदेशका सवै भाषा, धर्मको संरक्षणमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । मातृभाषाको जगेर्ना आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो,‘ आफ्ना मातृभाषा विर्सनु हुदैन ।’

कार्यक्रममा प्रदेश सांसद सुयर्माराज राई, तमु बौद्ध गुम्वा पथरीका अध्यक्ष गणेश घले लगायतको सहभागिता रहेको मन्त्री यादवका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३