प्रकाशित : १५ पुष २०७८, बिहीबार १९:३८

विराटनगर, १५ पुस । विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ विराटनगर–८ मधुमारास्थित ग्रेडेड इङ्लिस सेकेण्डरी स्कुलले वादविवाद प्रतियोगिता आयोजना गरेको छ ।
स्कुलले कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहलाई दुई समूहमा बाँडेर छुट्टाछुट्टै विषयमा बुधबार वादविवाद प्रतियोगिता आयोजना गरेको हो । कक्षा ६ देखि ८ कक्षासम्मको समूहबाट कक्षा ७ की छात्रा कृति थापा प्रथम, कक्षा ६ का छात्रा प्रशान्त कामत द्वितीय, कक्षा ६ कै सरोवर ठाकुर तृतीय र रोशनी साहले सान्त्वना स्थान प्राप्त गरेका छन् । ‘धनभन्दा विद्या ठूलो’ विषयमा आ–आफ्ना उत्कृष्ट तर्क प्रस्तुत गरेर उनीहरू पुरस्कृत भएका हुन् ।
त्यस्तै कक्षा ९ र १० को समूह अन्तर्गतको प्रतियोगितामा ‘विज्ञान अभिशाप होइन बरदान हो’ विषयमा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । जसमा कक्षा १० का दोरिक मण्डल प्रथम, कक्षा १० कै अञ्जना राजवंशी द्वितीय कक्षा ९ की स्नेहा झाले तृतीय स्थापना प्राप्त गर्दा कक्षा १० का सुरज पौद्धारले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए । युवा कवि एवं पत्रकार मीनकुमार नवोदित नेतृत्वको निर्णायक समितिले पुरस्कृतहरूको नामावली सार्वजनिक गरेको थियो ।
प्रतियोगिताको निर्णय सार्वजनिक गर्दै नवोदितले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल हुन विद्यार्थीहरूलाई आग्रह गरे । प्रतियोगितामा सबै पुरस्कृत हुन नसक्ने बताउँदै नवोदितले पुरस्कृत हुन नसक्ने विद्यार्थीहरू निराश हुन नहुने बताए ।
विद्यार्थीहरूलाई कक्षा पाठ्यक्रम बाहिरको विषयमा पनि ज्ञान होस् भनेर प्रतियोगिता आयोजना गरेको विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले बताए ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३