प्रकाशित : १० पुष २०७८, शनिबार १९:२६

विराटनगर, पुस १० । नेरुडे लघुवित्त वित्तिय संस्थाले २१ प्रतिशत बोनस शेयर दिने भएको छ ।

विराटनगरमा शनिबार सम्पन्न १५ औं बार्षिक साधारणसभाले २१ दशमलव ४८७ बोनस शेयर र १ दशलमव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।सञ्चालक समितिका अध्यक्ष डा. भेषप्रसाद धमलाले आर्थिक वर्ष २०७७‒०७८ मा १ लाख ४८ हजार ३२ घर परिवारमा लघुवित्त सेवा पुर्याई ९० हजार १७८ ऋणी सदस्यलाई ७ अर्व ९० करोड ऋण लगानी बताउनुभयो । उहाँले २ अर्व ६१ करोड बचत संकलन गरि सम्पूर्ण कारोवार समावेश पछिको खुद मूनाफा १९ करोड १० लाख ६४ हजार ८ सय ४६ रुपैया ५७ पैसा आर्जन गरेको साधारणसभालाई जानकारी गराउनु भएको थियो ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले संस्थाको चुक्ता पुँजी ६० करोड पुगेको जानकारी दिनुभयो । साधारणसभावाट सर्वसाधारण शेयरधनीहरु मध्येवाट सुधिरकुमार श्रेष्ठ र बलराम बराललाई वित्तीय संस्थाको संचालकमा निर्विरोध चयन गरेको छ ।

नेरुडे लघुवित्त वित्तीय संस्थाले ३१ जिल्लाका १०७ वटा शाखा कार्यालय मार्फत १ लाख ५४ हजार परिवारलाई लघुवित्त सेवा दिईरहेको प्रमुख कार्यकारी अधिकृत बस्यालले बताउनुभयो । साधारणसभाको अवसरमा उत्कृष्ट लक्ष्य प्रगति गर्ने शाखाहरु तेतरिया, चिमडि, झुम्का र बोदेबर्साइनलाई २५‒२५ हजार नगद सहित सम्मानित गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३