प्रकाशित : ९ पुष २०७८, शुक्रबार २०:०१

विराटनगर, ९ पुस । निर्वाचन आयोगले स्थानीय तहको पहिलो तहको निर्वाचनका लागि आगामी वैशाख १४ गतेको मिति तोक्न सरकारलाई प्रस्ताव गरेको छ ।
आयोगका पदाधिकारीले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै चुनावको लागि उक्त मिति प्रस्ताव गरेका हुन् ।
देशभर एकै चरणमा चुनाव गर्न सम्भव नभए पहिलो चरण वैशाख १४ गते र दोस्रो चरण वैशाख २२ गते गर्न सकिने प्रस्ताव गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको मितिबारे गरिएको प्रस्ताव सार्वजनिक गरेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३